अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गल्याङ नगरपालिकाद्धारा २०० बीउ बाख्रा र ५६ वटा बीउ बोका वितरण

 
रेडियो आँधीखोला
वालिङ, २५ बैशाख ।
‘भोकालाई एक छाक भोजन होइन, जीवन जीउने जुक्ति सिकाऔ’ भन्ने मुल अभियान सहित आर्थिक समृद्धिको लागि साझेदारी कार्यक्रम अन्र्तगत गल्याङ नगरपालिकाले बीउ बाख्रा वितरण गरेको छ । नगरपालिकाले कृषि पशु उद्यमशीलता विकास परियोजना अन्र्तगत हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा सञ्चालित समुह सदस्यहरुको लागि बीउ बाख्रा, पाठा र बंगुर उपहार वितरण गरेको हो ।
२०० वटा बीउ बाख्रा र ५६ वटा बीउ पाठा गरि जम्मा २५६ बटा बाख्रा वितरण गरिएको छ । गल्याङ नगरपालिका नगर प्रमुख गुरुप्रसाद भट्टराईका अनुसार विपन्न घरपरिवार लाई आर्थिक अवस्थामा समृद्ध गराउने, महिलाहरुलाई शसक्तिकरण गर्ने, कृषि र पशु उपजलाई बजारीकरण गर्ने साथै युवा उद्यमीहरुको विकास गर्ने र स्थानीय उत्पादनहरु लाई बजारीकरण गर्ने उद्देश्य का साथ गल्याङ कृषि पशु उद्यमशीलता विकास परियोजना गल्याङका ११ वटै वडाहरुमा सञ्चालन गरिएको छ । उक्त परियोजनामा गल्याङ नगरपालिका भित्रका विभिन्न वडाहरुमा गरि जम्मा महिला समूह ४४ र युवा समूह ६ गरि १४०० महिलाहरु को सहभागी रहेका नगरप्रमुख भट्टराईले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...