समाचार
गल्याङमा अनुदानमा मौरीका घार वितरण
रेडियो आँधीखोला,
वालिङ २७ बैसाख ।
गल्याङमा अनुदानमा मौरीका घार वितरण गरिएको छ । गल्याङ नगरपालिकाले मौरी गोला तथा मौरी घार अनुदानमा वितरण गरेको हो । आर्थिक वर्ष २०८०–०८१को वार्शिक स्वृकित मौरी पालन प्रर्वद्धन कार्यक्रम अन्र्तगत ५० प्रतिशतमा मौरी गोला तथा मौरीका घारहरु वितरण गरिएको हो । कार्यक्रममा गल्याङ नगरप्रमुख गुरुप्रसाद भट्राईले गल्याङले विगतदेखि नै कृषि तथा पशुपालनलाई समृद्धिको प्रमुख आधार मानेको भन्दै धेरै भन्दा धेरे नागरिकलाई व्यवसायिक रुपमा कृषि तथा पशुपालनमा लाग्न अभिप्रेरित गर्नका लागी यस्ता अनुदानका कार्यक्रमहरु संचालन गर्दै आईएको बताउनुभयो ।
मौरी पालन गर्न कम समय र कम खर्चमै पुग्ने भएकाले विस्तारै यस व्यवसायलाई थप विस्तार गर्न सकिने भएकाले पछिल्लो समय मौरीपालनमा कृषकहरुको आर्कषण बढ्दो रहेको छ । मह सेवन स्वास्थ्यका लागी पनि निकै लाभदायक हुने र यसको बजारीकरणका लागी धेरै दुख गर्न नपर्ने नगरप्रमुख भट्राईले बताउनुभयो ।
कृषिमा लागेका कृषकको साथमा नगरपालिका हरबखत साथमा रहेको भन्दै कृषि उपजको बजारकिरणका लागी समेत नगरले सहजीकरण गर्ने उहाँले बताउनुभयो । मौरी सहितको घार १३५ र खाली घार ४० गरी १७५ गोला घार तथा मौरी घार वितरण गरिएको हो । नगरपालिकाले यसअगाडि कृषकहरुलाई मौरी पालन सम्बन्धी तालिम प्रदान गरि कृषकहरुलाई अनुदानमा मौरीगोला घार वितरण गरिएको नगरप्रमुख भट्राईले बताउनुभयो ।