अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

झोला बनाउने तालिम लिएकालाई मेसिन तथा कपडा हस्तान्तरण

 
रेडियो आँधीखोला
वालिङ, २९ बैशाख ।
भीरकोट नगरपालिकाले झोला बनाउने तालिम लिएकाहरुका लागी मेसिन र झोला बनाउनका लागी कपडा वितरण गरेको छ । गण्डकी प्रदेश मुख्य मन्त्री नवप्रवर्तन कार्यक्रम अन्र्तगत प्लाष्टिकमुक्त नगरपालिका बनाउने परियोजनाका लागी किनमेला झोला सिलाई कटाई तालिम लिएका सहभागिलाई मेसिन तथा कपडा वितरण गरिएको हो । नगरपालिकाले यही बैसाख १८ देखि २४ गतेसम्म झोला सिलाईकटाई तालिम प्रदान गरेको थियो । 
१४ हजार झोला बन्ने कपडा र २० ओटा मेसिन हस्तान्तरण गरिएको हो । ९ वटा वडा रहेको नगरपालिकामा वडा नं. ३ र ८ मा ३ जनाका दरले र अन्य ७ वटा वडामा २ जनाका दरले सहभागि भएकाहरुलाई गरी २० ओटा मेसिन हस्तान्तरण गरिएको हो । हस्तान्तरण कार्यक्रममा नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले प्लाष्टिक मुक्त नगर बनाउने अभियप्रायले यो कार्यक्रम गरिएको भन्दै प्लाष्टिकका कारण बजार कुरुप हुने, वातावरणमा समेत असर गर्ने बताउनुभयो । वातावरण मैत्रि झोलाको प्रयोगमा जोड दिईने भएकाले नगरपालिकाले प्रत्येक घरमा वातावरणमैत्रि झोला वितरण गर्ने नगरप्रमुख कर्माचार्यले बताउनुभयो । कार्यक्रममा उपप्रमुख भगवती अर्याल, प्रमुख प्रशासकिय अधिकृत धर्मराज ढुंगानालगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...