अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

संसदको गतिरोध अन्त्य गरेरै भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने सरकारको तयारी

news

   बैशाख ३१,काठमाण्डौ – सरकारले संसदको गतिरोध अन्त्य गरेरै भोलि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तयारी गरेको छ । त्योभन्दा पहिले कांग्रेससँग सहमति हुने प्रधानमन्त्रीको विश्वास छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवी लामिछानेले सहकारीमा बचतकर्ताको रकम अपचलन गरेको विषयमा अनुसन्धान गर्न संसदीय छानविन समिति बनाउनैपर्ने अडानसहित कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिजो कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले आज बेलुका या भोलि बिहानसम्म कांग्रेससँग सहमति हुने र सरकारको नीति तथा कार्यक्रम सहज ढङ्गले प्रस्तुत गर्न वातावरण बन्ने बताउनुभएको छ ।

भोलि राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...