अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

गोली लागेका स्लोभाकियाका प्रधानमन्त्रीको गम्भीर अवस्थामा उपचार हुँदै, आक्रमण गर्ने व्यक्ति पक्राउ

news

 

जेठ ३, गोली लागेर घाइते भएका स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोको गम्भीर अवस्थामा उपचार भइरहेको छ । स्लोभाक शहर ह्याण्डलोभामा सरकारी बैठक सकेर प्रधानमन्त्री फिको बाहिर निस्कने क्रममा हिजो उहाँमाथि गोली प्रहार भएको थियो । पेट, हात र खुट्टामा चोट लागेका उहाँलाई हेलिकप्टरबाट अस्पताल लगिएको थियो । उहाँको अवस्था चिन्ताजनक रहेको बीबीसीले जनाएको छ ।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ । घटनापछि सार्वजनिक भएको भिडियोमा गोली चलेलगत्तै सुरक्षाकर्मीहरु गोली चलाउने व्यक्तिलाई पक्राउ गर्न दौडिरहेको देखिन्छ ।

स्लोभाकियाका राष्ट्रपति जुजाना सापूतोवाले हमलाबाट आफू स्तब्ध भएको बताउनुभएको छ । उहाँ लगायत त्यहाँका अरु राजनीतिज्ञले गोली काण्डलाई लोकतन्त्रमाथिको आक्रमण  भनेका छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...