अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

भाग्योदय माविमा “हाम्रो खुशी” पाठ्यक्रमको प्रारम्भिक कार्यशाला सुरू

 
रेडियो आँधीखोला
वालिङ, ३ जेठ ।
स्याङ्जाको भाग्योदय नमुना माध्यमिक विद्यालय भीरकोटमा “हाम्रो खुशी” पाठ्यक्रमको प्रारम्भिक कार्यशाला सुरू भएको छ । बालबालिकालाई जीवन, प्रकृति, जन्म, सम्बन्ध , खुसी र सुखका बारेको अनुभव गराउने र शिक्षणसिकाई क्रियाकलापलापलाई दैनिक जीवनसँग जोड्ने उद्देश्यले “हाम्रो खुशी” पाठ्यक्रमको कार्यशाला संचालन गरिएको विद्यालयका प्रधानाध्यापक रेशमलाल खनालले जानकारी दिनुभयो ।
नेपालमा अहिलेसम्म यो कार्यक्रम नवलपरासीको  मध्यविन्दु नगरपालिकाले मात्रै  सुरु गरेको छ । शिक्षा एवं  संस्कृतिविद् डा. तुलसीराम खनालको पहलमा स्याङ्जामा पहिलोपटक हाम्रो खुशी पाठ्यक्रम सम्बन्धी कार्यशाला सुरू भएको हो। 
६ दिनसम्म संचालन हुने कार्यशालामा भारतीय शिक्षा बोर्डका सदस्य, खुसी सिकाइका विज्ञ श्रवणकुमार शुक्लले प्रशिक्षण दिनुभएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनालले जानकारी दिनुभयो । कार्यशालामा भाग्योदय मा.वि. र छिमेकी  विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावक गरी करिब ५० जनाको सहभागिता रहेकोे विद्यालयले जनाएको छ ।
कार्यशालाको उद्घाटन गर्दै नगर प्रमुख गोविन्द कुमार कर्माचार्यले भीरकोट नगरपालिकाले पनि “हाम्रो खुशी” पाठ्यक्रम कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  उद्घाटन सत्रमा काजिमान हरिटिका माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्जिनियर अनुप श्रेष्ठ , कार्याशालाका संयोजक डा. तुलसीराम खनाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छायाराम खनाल लगायतले हाम्रो खुशी पाठ्यक्रमको सान्दर्भिकताका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...