अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

कृषकलाई ८० प्रतिशत अनुदानमा मौरीगोला घार वितरण

news

 
रेडियो आँधीखोला
वालिङ, ३ जेठ ।
भीरकोट नगरपालिकाले कृषकलाई मौरीगोला घार वितरण गरेको छ । गरिवि निवारणका लागी लघु उद्यम विकास कार्यक्रम मेड्पा अन्र्तगत भीरकोट नगरपालिका वडा नं. ९ का कृषकहरुलाई अनुदानमा मौरीगोला घार वितरण गरिएको हो । 
९ हजार पर्ने मौरीगोला घार कृषकले १८ सय तिरेर लगेका छन् । नगरपालिकाको ८० प्रतिशत र कृषकको २० प्रतिशत लागत साझोदारीमा मौरीगोला घार वितरण गरिएको हो । मौरीगोला घार वितरण गर्दै भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनुभयो । 
नागरिकलाई उद्यमी बनाउनका लागी नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको भन्दै व्यवसायिक रुपमा मौरी पालनलाई विस्तार गर्न आग्रह गर्दै परिश्रमी कृषकको साथमा नगरले सँधै साथ दिने प्रमुख कर्माचार्यले बताउनुभयो । कार्यक्रममा उपप्रमुख भगवती अर्यालले महिलाहरुलाई आयआर्जनमा जोड्दै आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । 
महिला दिदिबहिनीहरुलाई मागको आधारमा नगरपालिकाले तालिमहरु संचालन गर्नै भन्दै सामुहिक कार्यमा जोडिन उपप्रमुख अर्यालले आग्रह गर्नुभयो । ३४ जना कृषकहरुलाई मौरीगोला घार वितरण गरिएको कार्यक्रममा वडा अध्यक्ष भिमबहादुर गुरुङले वडाबासीलाई उद्यमशीलतामा अगाडि बढ्न आग्रह् गर्नुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...