अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

राधाकृष्ण सहकारीद्धारा सहकारी शिक्षा तथा उद्दघोषण तालिम

news

 
रेडियो आँधीखोला
वालिङ, ६ जेठ ।
राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था लिमिटेड वालिङ ८ द्धारा सहकारी शिक्षा तथा उद्दघोषण तालिम सम्पन्न भएको छ । ३ दिनको तालिम आईतबार समापन गरिएको हो । तालिमको समापन गर्दै राष्टिय सहकारी बैंकका प्रमुख टिकाराम अधिकारीले सहकारीले सहकारीका ७ सिद्धान्तलाई आत्मसाथ गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । सहकारीले सदस्यको हितमा काम गर्नुपर्ने भन्दै संस्थाले गरेका गतिविधिहरुले सदस्यलाई उत्पादनमा लाग्न अभिप्रेरित गर्नुपर्ने बताउनुभयो । 
सहकारी शिक्षा तथा तालिम कोषबाट सहकारीहरुले यस्ता काम गर्न सक्ने भन्दै संस्थाले सदस्यको हितमा काम गर्दै समाजलाई सकरात्मक प्रभाव पार्ने बताउनुभयो । सहकारीको शिक्षा र बोल्ने कलाको तालिमले सदस्यहरुलाई नेतृत्व क्षमतको विकास हुने बताउनुभयो । कार्यक्रमका संस्थाका अध्यक्ष ढालबहादुर कुँवर थापाले पछिल्लो समय सहकारीहरुमा विभिन्न समस्याहरु देखिएको तर राधाकृष्ण बचत तथा ऋण सहकारी संस्था भने हालसम्म राम्रो रहेको भन्दै सदस्यहरुलाई जागरुक बनाउनका लागी यो तालिमको आयोजना गरिएको बताउनुभयो । 
तालिम समापन समारोहका अवसरमा प्रशिक्षक द्धोय वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटि र रेडियो आँधीखोलाका समाचार प्रमुख कला राना, सहभागिद्धोय राजेन्द्र अर्याल र जमुना कुँवरलगायतले तालिम निकै प्रभावकारी रहेको बताउनुभयो । तालिममा सहकारीका संचालक, लेखा समिति, शिक्षा उपसमिति र महिला उपसमिति गरी २५ जनाको सहभागिता रहेको थियो । समापन समारोह संस्थाका अध्यक्ष ढालबहादुर कुँवर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत उपाध्यक्ष चोसबहादुर गुरुङ र संचालन सहसचिव छायाँदेवि लुईटेलले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...