अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

भीरकोटमा क्षयरोग मुक्त अभियान कार्यक्रम अन्र्तगत २ दिने सुक्ष्म योजना गोष्ठी

 
रेडियो आँधीखोला
वालिङ, ७ जेठ ।
भीरकोटमा क्षयरोग मुक्त अभियान कार्यक्रम अन्र्तगत २ दिने सुक्ष्म योजना गोष्ठी भीरकोट ५ मा सम्पन्न भएको छ । विश्व स्वास्थ्य संगठन, नेपाल सरकार तथा राष्ट्यि क्षयरोग नियन्त्रण केन्द्रको साझेदारीमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रम २०८०–०८१ देखि भीरकोट नगरपालिकामा पनि लागू भएको छ । यस अभियानलाई मुर्त रुप दिन जनप्रतिनिधिहरु, नागरिक समाज, युवा, राजनितिक दल, समाजसेवी तथा सरोकारवालाहरुको महत्वपुर्ण भुमिका रहने भन्दै  भीरकोट वडा नं. ५ का सरोकारवालाहरुले पनि यस अभियानमा प्रतिवद्धता जायर  गरेका छन् । 
भीरकोटमा रहेका ९ वटै वडाहरुमा पुगेर यो गोष्ठी गरिदै छ । अव वडा नं. ६, ७ र २ मात्रै वडा बाँकी रहेका छन् यी वडाहरुमा पनि गोष्ठी सम्पन्न गरि छिट्टै भीरकोटलाई क्षयरोग मुक्त बनाईने छ । कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नेपाल सरकारको यो अभियानलाई सफल बनाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो । 
नगरमा क्षयरोगीको खोजी गरी रोगीहरुलाई उपचारको पहुँचमा ल्याउने र क्षयरोग मुक्त बनाईने बताउनुभयो । कार्यक्रममा उपप्रमुख भगवती अर्यालले क्षयरोग उपचार गरे निको हुने भएकाले यो रोगलाई लुकाएर राख्न नहुँने बताउनुभयो । कार्यक्रम वडा अध्यक्ष सुवेदार कृष्ण बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन स्वास्थ्य साखा प्रमुख श्रीराम अर्यालले गर्नुभएको थियो । 
 

 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...