समाचार
भीरकोटमा क्षयरोग मुक्त अभियान कार्यक्रम
वालिङ, ७ जेठ ।
भीरकोटमा क्षयरोग मुक्त अभियान कार्यक्रम अन्र्तगत २ दिने सुक्ष्म योजना गोष्ठी भीरकोट ६ मा शुरु भएको छ । विश्व स्वास्थ्य संगठन, नेपाल सरकार तथा राष्ट्यि क्षयरोग नियन्त्रण केन्द्रको साझेदारीमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रम २०८०–०८१ देखि भीरकोट नगरपालिकामा पनि लागू भएको छ । यही कार्यक्रम अन्र्तगत अहिले भीरकोटका वडा वडामा सुक्ष्म योजना गोष्ठीहरु संचालन गरिएका छन् । कार्यक्रममा भीरकोट नगरप्रमुख गोविन्दकुमार कर्माचार्यले नेपाल सरकारको यो अभियानलाई सफल बनाउन नगरपालिका प्रतिवद्ध रहेको बताउनुभयो ।
नगरमा क्षयरोगीको खोजी गरी रोगीहरुलाई उपचारको पहुँचमा ल्याउने र क्षयरोग मुक्त बनाईने बताउनुभयो । कार्यक्रममा उपप्रमुख भगवती अर्यालले क्षयरोग उपचार गरे निको हुने भएकाले यो रोगलाई लुकाएर राख्न नहुँने बताउनुभयो । गोष्ठीमा स्वास्थ्य साखा प्रमुख अन्जु सापकोटाले सहजीकरण गर्नुभएको छ ।
९ वटा वडा रहेको भीरकोटमा ७ र २ मात्रै वडा बाँकी यो कार्यक्रम हुँन बाँकी छ । कार्यक्रम वडा अध्यक्ष रत्नप्रकाश श्रेष्ठकोे अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन स्वास्थ्य साखाका श्रीराम अर्यालले गर्नुभएको थियो । भीरकोटमा १४ जना क्षयरोगी रहेको र उनीहरुले औषधी सेवन गरिरहेका छन् । खिलुङ स्वास्थ्य चौकीबाट १० जना र दभुङठाँटी स्वास्थ्य चौकीबाट ४ जना गरी १४ जनाले क्षयरोग विरुद्धको औषधी सेवन गरिरहेका छन् ।