अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

पोलियो रोग विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइने

news

 
रेडियो आँधीखोला
वालिङ, ७ जेठ । 
आइपिभी खोप अभियान सञ्चालन भएसङ्गै २०७३ साल वैशाखदेखि २०७५ असोज महिनासम्म जन्मिएर पोलियो रोग विरुद्धको खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाइने स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ । जिल्लाका ११ वटै स्थानीय तहमा आइपिभी खोप सञ्चालनका लागि स्वास्थ्य कार्यालय स्याङ्जाले आवश्यक तयारी थालेको स्वास्थ्य कार्यालय स्याङ्जाका प्रमुख जनस्वास्थ्य प्रशासक केशव प्रसाद चापागाईंले जानकारी दिनुभयो । 
बालबालिकालाई आइपिभी खोपबाट बन्चित नहोउन् भन्ने उद्देश्यका साथ ४ सय ५० भन्दा बढी स्थानमा स्वास्थ्यकर्मी तथा स्वयंसेवक खटाइने कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । स्वास्थ्यकर्मीहरुले विद्यालय, स्वास्थ्यचौकी तथा बालबालिकाको पहुँच पुग्ने ठाउँमा पुगेर खोप लगाउने उहाँको भनाइ थियो । 
आइपिभी खोप अभियान सम्बन्धि स्वास्थ्य कार्यालय स्याङ्जाको सभाहलमा आयोजित जिल्ला खोप समन्वय समिती तथा संचारकर्मीहरुका लागि अभिमुखिकरण कार्यक्रममा जिल्लाका सम्पुर्ण स्थानीय तह, अस्पताल, स्वास्थ्यचौकीसङ सहकार्य गरि खोप अभियानलाई प्रभावकारी बनाइने खोप कार्यक्रम संयोजक मनिष कुमार महतोले बताउनुभयो । नेपालभर यस वर्ष १४ लाख ६२ हजार सात सय १२ जना बालबालिकालाई पोलियो निवारण गर्ने उद्देश्य पूरा गर्नका लागि आइपिभी खोप अभियान सञ्चालन गरिएको बताउँदै स्याङ्जामा पनि सबै बालबालिकालाई खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय स्याङ्जाले जनाएको छ ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...