समाचार
बाल शिक्षा निकेतन आधारभुत वि.व्य.स अध्यक्षमा अर्याल चयन
रेडियो आँधीखोला
वालिङ, ९ जेठ ।
बाल शिक्षा निकेतन आधारभुत विद्यालय व्यवस्थापन समिति अध्यक्षमा बिमल अर्याल चयन हुनुभएको छ । बाल शिक्षा निकेतन आधारभुत विद्यालय वालिङ ११ गब्देको अभिभावक भेलाले अध्यक्षमा सर्वसम्मत अर्याललाई चयन गरेको हो । त्यस्तै वडा प्रतिनिधीमा आनन्दकुमार खाँण रहनुभएको छ भने सदस्यहरुमा लाल बहादुर खाँण, लक्ष्मण सारु, सिर्जना एस के, निशा माझी, भावी आले रहनुभएको छ । यस्तै शिक्षक प्रतिनिधीमा शिव न्यौपाने र सदस्य सचिवमा कृष्ण प्रसाद पंगेनी रहनुभएको छ ।