अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

प्ये तां ल्हु तां सम्बन्धी नीति तथा कार्यबिधी २०८० पुस्तक

news

 
रेडियो आँधीखोला
वालिङ, १२ जेठ ।
नौथुम तमु (गुरुङ) समाज  केन्द्रीय समितीको पहिलो बैठक एवं  प्ये तां ल्हु तां सम्बन्धी नीति तथा कार्यबिधी २०८० पुस्तक बिमोचन नौथुम तमु समाज भवन वालिङ १२ घुरुङखांमा गरिएको छ । १५० वर्ष पुरानो धर्म संस्कार संकृतिलाइ संगठित रुपमा मान्दै संरक्षण गर्दै आइरहेको बेला बढ्दो सहरीरकरणले मौलिक परम्परा लोप हुने अवस्थालाइ मध्ये नजर गर्दै मौलिक परम्परालाई प्रभावकारी नियम कार्य बिधी २०८० निर्माण गरिएको हो । कार्यविधि २०८० पुस्तकको सम्पादन नौथुम तमु समाजका संस्थापक अध्यक्ष मानध्वज गुरुङले गर्नुभएको हो । 
स्याङ्जा, पर्वत, गुल्मी, जिल्ला अन्तर्गत रहेको केही निश्चित गुरुङ समुदायकोे साझा संस्था नौथुम तमु समाज नितान्त गुरुङहरुको धर्म संस्कार संस्कृती र पराम्परा एकीकृत रुपमा संचालन गरि पुस्तौ जिवीत रहने नौथुम तमु समाजका केन्द्रीय बरिष्ठ सल्लाहाकार दान बहादुर गुरुङले बताउनु भयो । 
कार्यक्रममा नौथुम तमु समाज इकाइ काठमडौका उपाध्यक्ष टिकमाया गुरुङ, क्ह्लेप्री गुरु नैन बहादुर गुरुङ, पच्यु गुरु डिल बहादुर गुरुङ, सल्लाहाकार राम देव गुरुङ, वडा न १२ का  अध्यक्ष विश्वजंग गुरुङ लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । संस्थाका अध्यक्ष क्याप्टैन  मीन बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपध्यक्ष गुप्त बहादुर गुरुङ र संचालन् सचिव नर बहादुर गुरुङले गर्नु भएको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...