अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

धुनी शिवालय फूलबारी गुठि गौशालाको अध्यक्षमा सुवेदी

news

 
रेडियो आँधीखोला
वालिङ, १२ जेठ ।
धुनी शिवालय फूलबारी गुठि गौशाला आश्रम वालिङ ८ काफलडाँडाको प्रथम साधारण सभा तथा अधिवेसनले नयाँ कार्यसमिति गठन गरेको छ । गौशाला आश्रमको अध्यक्षमा कमल सुवेदी निर्वाचित हुन्ुभएको छ ।
उपाध्यक्षमा भेषकुमारी पंगेनी, सचिवमा श्यामप्रसाद शर्मा, कोषाध्यक्षमा सरिता पौडेल रहनुभएको छ भने सदस्यहरुमा बुद्धिसागर सुवेदी, युक्त तिवारी, यामबहादुर थापा, खिमकुमारी गुरुङ, कुस्माखर बगाले, विष्णु थापा, बुद्धिसरा थापा, शेषकान्त शर्मा, नन्दु तिवारी र चेतजंग थापा रहनुभएको छ ।
अधिवेशनले भूपराज बगालेको संयोजकत्वमा लेखा समिति चयन गरेको छ भने संरक्षक र सल्लाहकार मनोनयन गरेको छ ।
साधारण सभा तथा अधिवेसनको उद्दघाटन समारोहमा दानदाता वालिङ ६ का जयबल्लभ सुवेदीले आश्रमलाई व्यवस्थित बनाउँदै लैजानुपर्ने बताउनुभयो । धार्मिक तथा वैज्ञानिक महत्वको गाई संरक्षणको लागी सबै एकजुट भएर लाग्नुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा निवर्तमान नगरप्रमुख दिलिपप्रताप खांणले गौशालालाई जिवन्त राख्न सबैले हातेमालो गर्नुपर्नेमा जोड  दिनुभयो । उहाँले धुनी शिवालयको ईतिहास र यसको महत्वकाबारेमा बताउँदै संरक्षण जरुरी रहेको बताउनुभयो । कार्यक्रममा भागवतआलांकार पण्डित नेत्रप्रसाद पराजुली, रुरु गौशालाका संरक्षक शिवशंकर गिरी, वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, वडा नं. ५ का वडा अध्यक्ष छवि आले, विश्व हिन्दु महासंघ स्याङ्जाका अध्यक्ष हरिहर पाण्डे, वालिङ नगर कार्यपालिका सदस्य युगमाया पंगेनी, उद्योग वाणिज्य संघ वालिङका अध्यक्ष चेतनारायण श्रेष्ठ, सुकौँदी गौशालाका सदस्य चन्द्रमान श्रेष्ठ, सरिता पौडेल, पुर्व वडा अध्यक्ष कमलप्रसाद सुवेदी, सिताराम अधिकारी, भुपराज बगाले, खगेन्द्रप्रसाद अर्याल, दिपेन्द्र तिवारी, अनन्तराज शर्मा, श्याम शर्मापंगेनीलगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा अध्यक्ष ढालप्रसाद पौडेलले अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष पौडेलको अध्यक्षतामा सम्पन्न उद्दघाटनमा स्वागत उपाध्यक्ष दुर्गाप्रसाद पंगेनी र संचालन महायज्ञ मुल समितिका महासचिव पदमप्रसाद पाण्डेले गर्नुभएको थियो । गौशालालाई संरक्षण गर्न महायज्ञ समेत संचालन गरेको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...