अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

भीरकोटमा क्षयरोग मुक्त अभियान कार्यक्रम अन्र्तगत सुक्ष्म योजना गोष्ठी वडा नं ६ मा सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, १३ जेठ ।
भीरकोटमा क्षयरोग मुक्त अभियान कार्यक्रम अन्र्तगत २ दिने भीरकोट ६ मा सम्पन्न  भएको छ । विश्व स्वास्थ्य संगठन, नेपाल सरकार तथा राष्ट्यि क्षयरोग नियन्त्रण केन्द्रको साझेदारीमा क्षयरोग मुक्त नेपाल घोषणा अभियान कार्यक्रम २०८०–०८१ देखि भीरकोट नगरपालिकामा पनि लागू भएको छ । यही कार्यक्रम अन्र्तगत अहिले भीरकोटका वडा वडामा सुक्ष्म योजना गोष्ठीहरु संचालन गरिएका छन् । 
कार्यक्रममा नगर उपप्रमुख भगवती अर्यालले क्षयरोग उपचार गरे निको हुने भएकाले यो रोगलाई लुकाएर राख्न नहुँने बताउनुभयो । गोष्ठीमा स्वास्थ्य साखा प्रमुख अन्जु सापकोटाले सहजीकरण गर्नुभएको छ । 
९ वटा वडा रहेको भीरकोटको वडा नं. २ मा पनि भोलीबाट गोष्ठी संचालन गरिनेछ  । कार्यक्रम वडा अध्यक्ष ताराप्रसाद अर्यालकोे अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सिनियर अहेब श्रीराम अर्यालले गर्नुभएको थियो । भीरकोटमा १४ जना क्षयरोगी रहेको र उनीहरुले औषधी सेवन गरिरहेका छन् । खिलुङ स्वास्थ्य चौकीबाट १० जना र दभुङठाँटी स्वास्थ्य चौकीबाट ४ जना गरी १४ जनाले क्षयरोग विरुद्धको औषधी सेवन गरिरहेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...