अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

वालिङमा मासु पसलहरुको अनुगमन, सुझावसहित आवस्यक सुधार गरिने

news

 
वालिङ, १६ जेठ ।
स्याङ्जाको वालिङमा मासु पसलहरुको अनुगमन गरिएको छ । भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र स्याङ्जा र वालिङ नगरपालिका पशु सेवा शाखाले मासु पसलहरुको अनुगमन गरेको हो । वालिङ नगरपालिका पशु सेवा शाखाको अनुरोधमा मासु पसलहरुको अनुगमन गरिएको पशु सेवा विज्ञ केन्द्र स्याङ्जाका भेटेरीनरी नीरिक्षक डाक्टर रुपेश श्रेष्ठले बताउनुभयो । वालिङमा मासु व्यवसायी संघले निवेदन गरेकाले पनि अनुगमनलाई तिव्रता दिइएको डाक्टर श्रेष्ठले जानकारी दिनुभयो ।
मासु पसलको यथार्थ अवस्थालाई पहिचान गरी सरकारको प्रदेश तथा स्थानीय तहबाट के सहयोग गर्न सकिन्छ भनेर पनि अनुगमनलाई अगाडि बढाईको उहाँले उल्लेख गर्नुभयो ।  कार्य योजना बनाएर आगामी दिनमा मासु पसलको सुधार गर्दै लैजाने, मिनिमम मापदण्ड नपुगेकाहरुलाई मापदण्ड पूरा गर्न सुझाव दिने र मापदण्ड पूरा गर्दै लैजाने योजना रहेको डाक्टर श्रेष्ठको भनाई छ ।
अनुगमनका क्रममा मासु व्यवसायीहरुलाई पसलको न्यूनतम मापदण्ड पूरा गर्न, दर्ता नभएकालाई दर्ता गर्न तथा सरसफाइमा विशेष ध्यान दिनलगायतका सुझाव दिइएको डाक्टर श्रेष्ठले बताउनुभयो । भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्र स्याङ्जा, वालिङ नगरपालिका पशु सेवा शाखाका डाक्टर रोशन बस्यालसहितका कर्मचारीहरु, प्रहरी र पत्रकारहरुको सहभागितामा वालिङ क्षेत्रमा रहेका मासु पसलहरुको आज बुधबार अनुगमन गरिएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...