अहिले तरंगमा

Khulduli.com

केहि छिनमा

समाचार

नेपाली सेनाद्धारा ग्रामिण क्षेत्रका नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण

news

 
रेडियो आँधीखोला
वालिङ, १९ जेठ ।
नेपाली सेनाले ग्रामिण क्षेत्रका नागरिकको निःशुल्क स्वास्थ्य परिक्षण गरिदिएको छ । बिशेषज्ञ चिकित्सक सहितको टोलीले ग्रामिण क्षेत्रका नागरिकको स्वास्थ्य परिक्षण गर्न नेपाली सेनाले व्यवस्थापन गरेको हो । बिशेषज्ञ सहितको स्वास्थ्य सेवालिन स्याङ्जा सदरमुकाम देखी पोखरा पुग्न बाध्य भएका बिरुवा गाउँपालिकाका नागरिकलाई नेपाली सेनाले स्वास्थ्य शिविर मार्फत निःशुल्क स्वास्थ्य परिक्षण गरिदिएपछि यहाँका झण्डै ७ सय नागरिक लाभान्वित भएका छन् । 
स्याङ्जाको बिरुवा गाउँपालिका ८ मेथा भुरुङमा नेपाली सेनाले दुई दिने निशुल्क स्वास्थ्य शिविर आयोजना गरेको थियो । सिंह शार्दुल गुल्म आँधीखोला व्यारेक स्याङ्जाले समन्वय गरेको शिविरमा नेपाली सेनाका स्वास्थ्य चिकित्सिक, जिल्ला अस्पताल स्याङ्जाका चिकित्सकहरुबाट स्वास्थ्य परिक्षण गरिएको गुल्मपति पुरुषेत्तम कार्कीले जानकारी दिनुभयो । 
शिविरमा विशेषज्ञ चिकित्सकद्वारा हाडजोर्नी, ब्लड प्रेसर, मधुमेह, ग्यास्ट्राइटिस, स्त्रीरोग, बालरोग, चर्मरोग, नाक, कान, घाँटी, आँखा, पेट, छाती तथा मुटु रोग, छाला तथा यौन रोग, नशा रोग र दन्तचिकित्सक सेवाको साथै प्रकोप जन्य रोगको स्वास्थ्य परिक्षण र उपचार गरिएको थियो । जसबाट ६ सय ७८ जना नागरिकले प्रत्यक्ष बिशेषज्ञ चिकित्सकको सेवा पाएको गुल्मपति कार्कीले बताउनुभयो । 
नेपाली सेनाले सामाजिक उत्तरदायीत्व अन्तर्गत हरेक ग्रामिण क्षेत्रमा स्वास्थ्य शिविर आयोजना गरेर नागरिकको सेवामा खटिने पश्चिम पृतना हेडक्वाटरका पृतनापति उपरथी सन्तोष बल्लव पौड्यालले बताउनुभयो । 
नेपाली सेनाको ३ नं बाहिनी अड्डा र ३ नं फि.ए. गुल्मको सहकार्यमा सेनाको सैनिक अस्पताल पोखरा र ३ नं फि.ए. गुल्मबाट साथै स्याङ्जाका स्वास्थ्य कार्यालयहरुबाट खटिएका विशेषज्ञ चिकित्सकहरुद्वारा शिविरमा स्वास्थ्य परिक्षण एवं उपचार सम्पन्न भएको सेनाले जनाएको छ । शिविरमा १ सय ५१ पुरुष, ३ सय ५७महिला र १ सय ७० जना बालवालिकाले स्वास्थ्य परिक्ष्ण सगै उपचार पाएका थिए । 
शिविरलाई सम्पन्न गर्न गाउँपालिकाले सहयोग गरेको थियो । शिविर समापनमा प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक शालिग्राम शर्मा, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक शुसान्त बराल, सशस्त्र प्रहरी बल वालिङ स्याङ्जाका प्रमुख प्रहरी नायव उपरिक्षक देवराज जोशी, गाउँपालिकाका जनप्रतिनिधिहरु लगायतको सहभागिता रहेको आँधीखोला व्यारेकका गुल्मपति कार्कीले बताउनुभयो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...