अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सहकारी संस्थाहरुको अध्यक्षको क्षमता विकास तालिम

news

 
रेडियो आँधीखोला
वालिङ, १९ जेठ ।
वालिङमा सहकारी संस्थाहरुको अध्यक्षको क्षमता विकास तालिम शुरु भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेड केन्द्रिय कार्यालय कुपण्डोल काठमाडौँको आयोजनामा वालिङमा अध्यक्षहरुको लागी दुईदिने क्षमता विकास तालिम शुरु भएको हो । तालिमको उद्दघाटनका अवसरमा राष्ट्रिय सहकारी बैंक लिमिटेडका लेखा तथा सुपरिवेक्षण समिति सदस्य चन्द्रकुमारी पराजुलीले यो तालिमले सहकारीहरुलाई सशक्त रुपमा अगाडि बढ्न सहयोग पुग्ने बताउनुभयो । साथै यो साखा अन्र्तगतका सहकारीहरुलाई कस्तो तालिमको आवश्यकता पर्दछ सोही अनुसार तालिम संचालन गर्ने प्रतिवद्धता जनाउनुभएको छ । 
कार्यक्रममा वडा नं. ८ का अध्यक्ष दामोदर तिवारी, वडा नं. ११ का अध्यक्ष डण्डपानी पंगेनी, राष्ट्रिय सहकारी बैंकका पुतलीबजार साखा प्रमुख पुष्पा क्षेत्रिलगायतले बोल्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय टे«नर अनिलबीर बज्राचार्यले तालिम प्रदान गर्नुभएको छ । तालिममा वालिङ सहित, कालीगण्डकी, चापाकोट, भीरकोट नगरपालिकाका ४७ सहकारीका अध्यक्षहरुको सहभागिता रहेको छ  । 
कार्यक्रम राष्ट्रिय सहकारी बैंक साखा कार्यालय वालिङका प्रमुख टिकाराम अधिकारीले संचालन गर्नुभएको थियो भने स्वागत रोशन पौडेलले गर्नुभएको थियो । तालिममा सहकारीहरुले कार्ययोजना तथा बजेट निर्माण, प्रभावकारी ऋण व्यवस्थापन, आधारभुत वित्तीय साक्षरता सम्बन्धी ज्ञान एवं सदस्यलाई वित्तिय परामर्श उपलब्ध गराउने भुमिका, सहकारी ऐन, नियमावली,  आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, वित्तिय विश्लेषण गर्ने सिप, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा संचालक अध्यक्षको भुमिका विषयमा सहजीकरण गरिनेछ ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...