अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

सहकारी संस्थाहरुको अध्यक्षको क्षमता विकास तालिम सम्पन्न

news

 
रेडियो आँधीखोला
वालिङ, २० जेठ ।
वालिङमा सहकारी संस्थाहरुको अध्यक्षको क्षमता विकास तालिम सम्पन्न भएको छ । राष्टिय सहकारी बैंक लिमिटेड वालिङ साखाको आयोजना वालिङमा दुईदिने अध्यक्षहरुको क्षमता विकास तालिम सम्पन्न भएको हो । तालिमको समापनका अवसरमा  जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष यज्ञ पाठक, जिल्ला बचत तथा ऋण सहकारी संघका सदस्य तथा कानुङ बचत तथा ऋण सकारी संस्थाका अध्यक्ष उमेश दर्लामी, उपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष यमकान्त खनाल, स्वाभिमान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष निताकुमारी बगालेलगायतले तालिम निकै प्रभावकारी रहेको बताउनुभयो । 
तालिमले सहकारीको मुल्य र मान्यतालाई आत्मसाथ गर्न थप प्रोत्साहन गरेको वक्ताहरुको भनाई थियो । तालिमको समापन राष्टिय सहकारी बैंकका संचालक एवं गण्डकी प्रदेशका संयोजक रामबहादुर विसिको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन राष्टिय सहकारी बैंक वालिङ साखाप्रमुख टिकाराम अधिकारीले गर्नुभएको थियो ।  
तालिममा वालिङ सहित, कालीगण्डकी, चापाकोट, भीरकोट नगरपालिकाका ५० जना सहकारीका अध्यक्षहरुको सहभागिता रहेको छ  । 
तालिममा सहकारीहरुले कार्ययोजना तथा बजेट निर्माण, प्रभावकारी ऋण व्यवस्थापन, आधारभुत वित्तीय साक्षरता सम्बन्धी ज्ञान एवं सदस्यलाई वित्तिय परामर्श उपलब्ध गराउने भुमिका, सहकारी ऐन, नियमावली,  आन्तरिक कार्यविधि तथा सहकारीमा सुशासन, वित्तिय विश्लेषण गर्ने सिप, आन्तरिक नियन्त्रण प्रणाली तथा जोखिम व्यवस्थापनमा संचालक अध्यक्षको भुमिका विषयमा सहजीकरण गरिएको थियो । तालिममा अनिलबीर बर्जाचार्यले प्रशिक्षण दिनुभएको हो ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...