अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङले शिक्षामा नयाँपन ल्याउन खोजेको छ ः नगरप्रमुख खांण

news

 
रेडियो आँधीखोला,
वालिङ २५ जेष्ठ ।
वालिङ नगरप्रमुख कृष्ण खांणले शिक्षामा नयाँपन ल्याउन नगरपालिका लागी परेको बताउनुभएको छ । शुक्रबार राष्ट्रिय परिक्षा निर्देशीत स्तरीकृत प्रश्नपत्र निर्माण तालिमलाई सम्बोधन गदै नगरप्रमुख खांणले शिक्षामा नयाँपन ल्याउनका लागी शिक्षकहरुको क्षमता विकासका लागी समयसापेक्ष तालिमहरु प्रदान गरिँदै आईएको बताउनुभयो । वालिङ १३ वडा कार्यालयको व्यवस्थापन तथा संयोजनमा सरस्वति माविमा आयोजित कार्यक्रममा उहाँले बढ्दो प्रविधिको विकास भईरहँदा विद्यालयलाई पनि प्रविधिमय बनाउन आवश्यक रहेको भन्दै यसका लागी नगरपालिकाले शिक्षकलाई सक्षम र दक्ष बनाउनका लागी क्षमता विकासका तालिमहरु संचालन गर्दै आएको बताउनुभयो । 
अवको शिक्षा व्यवहारिक र सिपयुक्त हुनुपर्ने भन्दै नगरपालिकाले विद्यार्थीलाई पढ्दै सिक्दै कार्यक्रममा समावेश गरी अगाडि बढेको नगरप्रमुख खांणले बताउनुभयो । कार्यक्रममा लक्ष्मी माविका प्रअ सिता गौडेल, शिक्षकहरुको तर्फबाट केशरा बस्याललगायतले बोल्नुभएको थियो । कार्यक्रममा वालिङ १३ तथा आसपासका ११ सामुदायिक तथा संस्थागत विद्यालयका ५२ जना शिक्षकहरुको सहभागिता रहेको थियो । तालिममा त्रिभुवन विश्वविद्यालयका प्रध्यापक तथा पोलिसी रिसर्ज स्टडी वालिङका संयोजक डा.लेखनाथ पाठकले सहजीकरण गर्नुभएको थियो । 
तालिममा विभिन्न विषयको प्रश्नपत्र निर्माण गर्दा कसरी स्तरीय रुपमा प्रश्नपत्र निर्माण गर्ने भन्ने विषयमा सहजीकरण गर्नुभएको थियो । कार्यक्रम वडा नं. १३ का अध्यक्ष नमलाल डुम्रेको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत प्रअ यामबहादुर कुँवरले गर्नुभएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...