समाचार
राप्रपा वालिङद्धारा ११ बुँदे मागसहित वालिङ नगरपालीकालाई ज्ञापन पत्र पेश
वालिङ, जेठ ।
राष्ट्रिय प्रजातन्त्र पार्टी वालिङ नगर समितिद्धारा वालिङ नगरपालीकालाई ज्ञापन पत्र पेश गरेको छ । बिहिबार वालिङ नगरपालीकालाई हाम्रो वालिङ राम्रो वालिङ बनाउनका लागी विभिन्न ११ बुँदे माग सहित ध्यानाकर्षण गराउँदै वालिङ नगर प्रमुख कृष्ण खाँणलाई ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्रमा नगरपालिकाले काम कर्तव्य स्थानीय तह संविधानले दिएको अधिकार अनुसुचि ८ र ९ ले दिएको अधिकार अनुसार चलाउन भनिएको छ ।
त्यस्तै सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर शिघ्र सुधारका लागी पहल तथा स्थानिय तहका विद्यालयहरुमा नैतिक शिक्षा, संस्कृत शिक्षा अनिवार्य गर्न, विद्यालय तथा धार्मिक स्थलहरुको आसपास सुर्तिजन्य पदार्थ तथा अल्कोहलजन्य पदार्थहरु तुरुन्त बन्द गर्न, राजमार्गबाट बाहिरिने भल तथा ढलको उचित व्यवस्थापन गर्न, नगरपालिका भित्रका व्यस्त बजारका सवारिसाधनहरुलाई पार्किङको व्यवस्था गर्न लगायतका माग सहित ज्ञापन पत्र पेश गरिएको छ ।
वालिङ नगरपालिका भित्रका निजी विद्यालयहरु मापदण्ड अनुसार चले नचलेको अनुगमन गर्न तथा पालिका भित्र सञ्चालन भएका सहकारी संस्थाहरु नियम अनुसार तलब भत्ता व्यवस्था गर्न, शिक्षक शिक्षिकाहरुलाई र कर्मचारीहरुलाई सरकारी स्केल अनुसार तलब भत्ता व्यवस्था गर्न, नगरभित्रका मुख्य राजमार्गमा सवारी साधन मर्मत केन्द्र (ग्यारेज) हटाई राजमार्ग भित्र व्यवस्था गर्न समेत विज्ञप्तीमा भनिएको छ ।
यस्तै राजमार्ग तथा सार्वजनिक जग्गामा बनेका नापी नक्शा नभएका घरटहराहरु तथा भौतिक संरचनाहरु नियमन गर्न र २०७९ को स्थानिय चुनावमा वालिङ, १४, अर्खलबासमा भएको जीप दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथी कारबाही र निर्दोषलाई क्षतीपुर्तिको व्यवस्था गर्न माग गरिएको छ । साथै पार्टिले उठाएका मागहरुलाई यथाशक्य सम्बोधन नगरेमा भाद्र १ गतेदेखि अझ सशक्तरुपले आन्दोलनमा जाने समेत ज्ञापन पत्रमा भनिएको छ ।