अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ नगरपालिकाद्धारा फरक क्षमता भएकाहरुलाई कुखुराका चल्ला वितरण

news

 
रेडियो आँधीखोला,
वालिङ २९ जेष्ठ ।
वालिङ नगरपालिकाले फरक क्षमता भएकाहरुका लागी कुखुराका चल्ला वितरण गरेको छ । फरक क्षमता भएका मध्ये पहेँलो र सेतो कार्ड प्राप्त गरेका लाभग्राहीहरुका लागी आय आर्जनमा टेवा पुगोस भन्ने हेतूले प्रति व्यक्ति १० ओटा कुखुराका चल्ला वितरण गरिएको हो । १४ वटा वडा रहेको वालिङका सबै वडाका फरक क्षमता भएका मध्ये उक्त पहेँलो र सेतो कार्ड प्राप्त गरेका तर सामाजिक सुरक्षा भत्ता प्राप्त नगर्ने लाभग्राहीको दैनिक आयआर्जनमा केहि मात्रामा भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो । 
मंगलबार २९ जना पहेँलो र सेतो कार्ड प्राप्त गर्नुभएका फरक क्षमता भएकाहरुलाई उन्नत जातको कुखुराका चल्ला वितरण गरिएको हो । कार्यक्रममा सामाजिक विकास समिति संयोजक युगमाया पंगेनी, वडा नं. ११ का अध्यक्ष डण्डपानी पंगेनी, पशु साखा प्रमुख रोशन बस्याल, स्वास्थ्य साखा प्रमुख कमलप्रसाद पंगेनी, कार्यपालिका सदस्य हरिलाल विकलगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । १४ वटै वडाका पँहेलो र सेतो कार्ड प्राप्त गरेका सबैलाई कुखुराका चल्ला वितरण गरिनेछ ।, 
कार्यक्रममा सामाजिक विकास समिति संयोजक युगमाया पंगेनीले फरक क्षमता भएकाहरुलाई यो कार्यक्रमले आर्थिक रुपमा सबल बनाउन सहयोग गर्ने बताउनुभयो । हरके कार्य सानैबाट शुरु हुने भएकाले व्यवसायिक रुपमा अगाडि बढ्न चाहानुहुनेका लागी नगरपालिकाले सँधै सहयोग गर्दै आएको स्मरण गराउनुभयो । कार्यक्रमको संचालन पशु साखा प्राविधिक डोलराज गैह्रेले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...