अहिले तरंगमा

BBC

केहि छिनमा

Morden Songs

समाचार

स्याङजामा राजयोग मेडिटेशन प्रशिक्षण सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, २९ जेठ ।
ब्रम्हकुमारी ईश्वरीय विश्वबिद्यालय प्रगतीनगर शाखा स्याङ्जाले ५ दिने राजयोग मेडिटेशन प्रशिक्षण सम्पन्न गरेको छ ।  आन्तरिक शान्ति एवं पारिवारिक सुखका लागि राजयोग प्रशिक्षण गरिएकोे हो । प्रशिक्षणलाई समापन गर्दै वडा नं. १ का अध्यक्ष उत्तमप्रसाद श्रेष्ठले मानवीय जीवनका मूल्य, मान्यता र असल जीवन जीउने कला पत्ता लगाउन प्रशिक्षणको आवश्यकता रहने बताउनुभयो ।  
ब्रम्हकुमारी इश्वरीय विश्वबिद्यालय कुस्माका प्रमुख राधिका, कास्कीका लब्ली हिलका प्रमुख सुधा, पत्रकार महासंघका निवर्तमान अध्यक्ष ओमप्रकाश शर्मा, समाजसेवी ख्यामनारायण शर्मा र नरबहादुर केसी लगायतले प्रशिक्षणले सकारात्मक प्रभाव प्रभाव परेको जनाउदै प्रशिक्षणमा सिकेका कुरालाई ब्यबहारमा लागु गर्नु पर्नेमा जोड दिनुभयो । 
वरिष्ठ राजयोग प्रशिक्षक ब्रम्हकुमार राजु घलेले प्रशिक्षण दिनुभएको थियो । ब्रम्हकुमारी इश्वरीय विश्वबिद्यालय प्रगतीनगर शाखा स्याङ्जाका प्रमुख अम्बिका दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन ब्रम्हकुमारी लक्ष्मीले गर्नुभएको थियो । प्रशिक्षणका बारेमा सहभागी फत्तबहादुर थापा, विश्वनाथ पौडेल, सन्तोषी थापा, शारदा शर्मा, ज्ञानु विक लगायतले आ आफना अनुभव आदानप्रदान गर्नु भएको थियो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...