अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

आठौं वालिङ महोत्सवको आयब्याय सार्वजनिक

news

 
रेडियो आँधीखोला
वालिङ, ३० जेठ ।
आठौं वालिङ महोत्सव २०८० को आयब्याय बुधबार सार्वजनिक गरिएको छ । वालिङ उद्योग वाणिज्य संघको आयोजनामा गत माघ १८ देखि २८ गतेसम्म वालिङ खेलमैदानमा भएको आयब्याय पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । वालिङ उद्योग वाणिज्य संघको हलमा भएको पत्रकार सम्मेलनमा महोत्सव अवधिभर ८५ लाख ५४ हजार ४४१ रुपैयाँ ६० पैसा आम्दानी भएको जानकारी दिईएको हो ।
 
संघका अध्यक्ष एवम् मेला मुल आयोजक समितिका संयोजक चेतनारायण श्रेष्ठले ६४ लाख ४४ हजार ४२१ रुपैयाँ ३४ पैसा खर्च भएको बताउनुभयो । खर्च कटाएर आठौं वालिङ महोत्सवबाट २१ लाख १० हजार २० रुपैयाँ २६ पैसा वचत भएको उहाँले बताउनुभयो ।
वचत भएको रकमबाट ब्यवसायी हित कोष, खेलमैदान मर्मत तथा सामाजिक क्षेत्रहरुमा सहयोग गरिने उहाँले बताउनुभयो ।
 
महोत्सवमा सहयोग आम्दानीबाट ३६ लाख, साधारण टिकट विक्रीबाट रु. २७ लाख ३९ हजार २१४, बाल उद्यान आम्दानीबाट रु. ८ लाख ८४ हजार ९५५, स्टल आम्दानीबाट रु. ८ लाख १९ हजार, अन्य सहयोग आम्दानीबाट रु. ३ लाख १२ हजार ४४९, विद्यार्थी टिकट बिक्रीबाट रु. १ लाख १५ हजार ३३२ आम्दानी भएको जानकारी पत्रकार सम्मेलनमा जानकारी दिईएको हो ।
 
महोत्सवमा कला भत्ता खर्चमा ११ लाख ७२ हजार, स्टल निर्माणकालागि ६ लाख ६४ हजार ५००, विज्ञापन तथा प्रचार प्रसारमा ५ लाख १७ हजार १४३, मसलन्द तथा छपाईमा ४ लाख २३ हजार ७४४, अतिथि सत्करामा ३ लाख ९६ हजार ३८५ लगायत गरी कूल रु. ६४ लाख ४४ हजार ४२१ खर्च भएको पत्रकार सम्मेलनमा कोषाध्यक्ष खगुपति न्यौपानेले बताउनुभयो ।
 
महोत्सवमा हुने खर्चलाई मितब्ययिता अपनाएकैकारण लक्ष्य अनुसार नै रकम वचत भएको कोषाध्यक्ष न्यौपानेले बताउनुभयो । पत्रकार सम्मेलन संघका अध्यक्ष चेतनारायण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन महासचिव रमेश अर्यालले र धन्यवाद वरिष्ठ उपाध्यक्ष अनुपमा ढुंगाना तिवारीले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...