अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वलिङ नगरपालिकाका मेलमिलापकर्तालाइ ५ दिने तालिम सम्पन्न ।

 
 
रेडियो आँधीखोला,
वालिङ ३१ जेष्ठ ।
वालिङमा ५ दिवसीय मेलमिलाप तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिकाका १४ वटै वडाका गरी २७ जना मेलमिलापकर्ताहरुलाई स्थानीय सरकार सवलिकरण कार्यक्रम अन्तर्गत ५ दिवसीय एडभान्स लेभलको तालिम प्रदान गरिएको होे । नगरपालिका भरिका १ सय १ जना मेलमिलापकर्ताहरु मध्ये समावेशिताका आधारमा २७ जनालाई तालिममा सहभागी गराइएको छ । 
वालिङ नगरपालिका नगर प्रमुख कृष्ण खाँणले वालिङ नगरपालिका न्यायीक क्षेत्रमा उदाहारणीय कार्य गरिरहेको र अन्य पालिका पनि वालिङ नगरपालिकाको सिको गरेको हुदा अझै प्रभावकारी रुपमा कार्य गर्न मेलमितापकर्तालाइ अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा  वालिङ नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समितिका संयोजक कविता तिवारी गैहे«ले नागरिकहरुबाट आउने विवादलाई सहजिकरणमा सवल र सक्षम बनाउने उद्देश्यले मेलमिलापकर्ताको लागी तालिमको आयोजना गरिएको बताउनुभयो । 
वलिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, द एशियाफाउण्डेशन गण्डकी प्रदेश संयोजकपुर्ण परियार, प्राकृतिकद्धन्द रुपान्तरण केन्द्र प्रशिक्षक पार्वति विक र सहभागिताको तर्फबाट भोजराज गुरुङ, लिलादेवी सुवेदीले मन्तव्य राख्नुभएको थियो । 
द एशिया फाउण्डेसन एवम् प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको आर्थिक सहयोग र वालिङ नगरपालिकाको सहजिकरणमा  तालिम सञ्चालन भएको थियो । गत वर्ष पनि सोहि अनुसारको तालिम २७ जनालाई नै दिइएको थियो । प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्रका पार्वती विक र अधिवक्ता शुसिल सिंखडाले कार्यक्रमका बारेमा जानकारी गराउनुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...