समाचार
भीरकोटमा सामुदायिक विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण
रेडियो आँधीखोला
वालिङ, ३१ जेठ ।
भीरकोट नगरपालिका वडा नं ८ मा रहेको ढापुक सामुदायिक सिकाइ केन्द्रले विद्यार्थीहरूलाई स्टेसनरी सामाग्री वितरण गरेको छ । सिकाइ केन्द्रले आफ्नो प्रभाव क्षेत्रमा रहेका १४ वटा सामुदायिक विद्यालयका १ सय ३५ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण गरेको हो ।
सामुदायिक विद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार विद्यार्थीहरूलाई पठनपाठनमा प्रोत्साहन गर्ने उद्देश्यले स्टेशनरी सामाग्री वितरण गरिएको सिकाइ केन्द्रका अध्यक्ष बिमल खत्रीले जानकारी दिनुभयो । नगरपालिकाको ८ र ९ नं वडामा रहेका पब्लिक एकेडेमी मा.वि, पिपलडाँडा मा.वि., सिरूखर्क मा.वि., ठूलीभञ्जाङ मा.वि., अमर आधारभूत विद्यालय लगायतका १४ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई कापी, कलम ,डटपेन वितरण गरिएको हो ।
कार्यक्रममा पब्लिक माविका प्रअ देवकी रेग्मी, भीरकोट नगरपालिका वोर्ड सदस्य चित्र बहादुर राना भुजेल, पब्लिक माविका सहायक प्रअ तथा संस्थाका संस्थापक सचिव रिवन कुमार विश्वकर्मा, शिक्षक गिता रोका, संस्थाका सदस्य पुर्ण बहादुर खत्री, पिपलडाँडा माविका प्रअ रमाकान्त न्यौपाने, सिर्कोटका राजेन्द्र राना, ठुलि भञ्ज्याङका ठग प्रसाद अधिकारी, सिरुखर्कका सहायक प्रअ चित्र बहादुर गुरुङ शिक्षक पंकज कुमार लाल कर्ण लगायतले बोल्नुभएको थियो ।