अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

अझै केही दिन अत्यधिक गर्मी हुने, मनसुन कोशी प्रदेशमै सक्रिय

news

 

जेठ, ३२ । काठमाण्डौ – देशका मध्य तथा पश्चिम तराईमा अझै केही दिन अत्यधिक गर्मी हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन सार्वजनिक गर्दै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा पर्सि असार २ गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले सावधानी अपनाउन अनुरोध गरेको छ ।

चार दिनअघि भित्रिएको मनसुन पूर्वी क्षेत्रमै सीमित हुँदा देशभर गर्मी बढेको हो । लुम्बिनी र सुदूरपश्चिमका तराई भेगमा केही दिनदेखि नै तापक्रम ४० डिग्री र त्योभन्दा माथि पुगेको छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ तारिख अर्थात् हिजो भए पनि यसपाली गएको २८ गते नै पूर्वमा प्रवेश गरेको थियो ।

मनसुन प्रवेश गरेसँगै कोशी प्रदेशका विभिन्न ठाउँमा दिनहुँजसो पानी परिरहेको छ । कोशी प्रदेशबाट मनसुन अगाडि बढ्न अनुकुल वातावरण बन्दै गएको मौसमविद्ले बताएका छन् । तर पश्चिममा मनसुन फैलन अझै केही दिन लाग्नेछ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...