अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

वालिङमा शिक्षा सिप तथा उद्यमशीलता मेला शुरु

 
रेडियो आँधीखोला
वालिङ, १ असार ।
स्याङ्जाको वालिङमा पहिलो पटक शिक्षा सिप तथा उद्यमशीलता मेला शुरु भएको छ । स्याङ्जा थिंक ट्यांकले पहिलोे पटक आयोजना गरेको शिक्षा सिप तथा उद्यमशीलता मेलाको उद्दघाटन वडा नं. ८ का वडा अध्यक्ष दामोदर तिवारीले गर्नुभएको हो । सिप मेलाको उद्दघाटन गर्दै वडा अध्यक्ष तिवारीले स्याङ्जा थिंक ट्यांकका सकरात्मक तथा रचनात्मक कार्यहरुमा वडा कार्यालय तथा नगरपालिकाले सहयोग गर्ने बताउनुभयो । अवको शिक्षा सिप र उद्यमशीलतासंग जोडिएको हुनुपर्ने भन्दै सैद्धान्तिक सिकाईले मात्रै जिवन सफल नहुँने बताउनुभयो । 
कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष चेतनारायण श्रेष्ठले सिप र उद्यमले व्यक्तिको जिवन सहज बनाउने भन्दै थिंक ट्यांकको यो कार्य निकै सराहनीय रहेको बताउनुभयो । कार्यक्रममा उपकार बचत तथा ऋण सहकारी संस्था वालिङका सचिव दुर्गा न्यौपानेले विद्यार्थीलाई सानैदेखि सिप र उद्यमको विषयमा जानकारी गराउँदै यसको अभ्यासको पनि शुरुवात गर्नुपर्ने भन्दै यसका लागी शैक्षिक संस्थाले समेत यस्ता कार्यक्रम अगाडि बढाउनुपर्ने बताउनुभयो । 
कार्यक्रम स्याङ्जा थिंक ट्यांकका अध्यक्ष दिनकर नेपालको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन सुदिर अर्याल र रश्मि पाठकले गर्नुभएको थियो । आजको पहिलो दिनमा स्याङ्जा स्र्टाटअप फेस्टिबलको अवधारणको विषयमा जानकारी गराईएको थियो । यो अवधारणा अन्र्तगत २५ जना युवा विद्यार्थीलाई छनोट गर्ने, प्रशिक्षण दिने र लगानी समेत गरिनेछ । यसका लागी हरेक विद्यालय तथा क्याम्पसहरुमा उद्यमशीलता तथा प्रर्वद्धन क्लब गठन गर्ने, आवेदन गर्ने र छनोट प्रक्रियामा लगिनेछ । जिल्लाका ११ वटै पालिका समेटिने यो कार्र्यक्रम वालिङ सहित पुतलीबजार, भीरकोट, गल्याङ र चापाकोटमा संचालन गरिनेछ । 
मेलामा देश तथा विदेशमा उद्यमशीलताको अनुभव बनाएका विभिन्न व्यक्तित्वहरुको सहभागिता रहेको छ भने विद्यार्थीहरुलाई आफ्नो प्रतिभा प्रर्दशन गर्ने मञ्चको रुपमा उक्त कार्यक्रमलाई सदुपयोग गर्ने अवसर प्रदान गर्दै उद्यमशीलता र विश्व बजारको बारेमा सोधखोज गर्ने समेत बानीको विकास गर्ने उद्देश्यले विभिन्न विषयमा वक्तित्वकला प्रतियोगिता पनि राखिएको अध्यक्ष नेपालले जानकारी दिनुभयो । 
भोलि आईतबारसम्म चल्ने मेलामा आज दोस्रो दिन विद्यालय स्तरीय वक्तित्वकला प्रतियोगिता, उद्यमशीलता र शिक्षाको विषयमा अन्र्तक्रिया गरिनेछ भने तेस्रो तथा अन्तिम दिन स्थानीय उद्यमीहरुको अनुभव, विद्यार्थीका लागी जानकारीमुलक कार्यक्रमलगायतका कार्यक्रमहरु समावेश गरिएका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...