अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

नेकपा एमाले वालिङ नगरकमिटिको अधिवेसनका लागी प्रतिनिधि छनौट हुँदै

 
रेडियो आँधीखोला
वालिङ, १ असार ।
नेकपा एमाले वालिङ नगरकमिटिको लागी प्रतिनिधि छनौट कार्यक्रम जारी रहेको छ । १४ वटा वडा रहेको वालिङको अधिवेसन यही असार ७ र ८ गते हुँदैछ । वडास्तरमा प्रतिनिधि छनौट कार्य गरिएको हो । महिला, युवा, दलित र खुल्ला गरी प्रतिनिधि छनौट गरिएको हो । 
वडा नं. १ मा १६ जना प्रतिनिधि छनोट गरिएको छ । त्यस्तै वडा नं. २ मा ११ जना प्रतिनिधि छनोट गरिएको छ । त्यस्तै वडा नं. ३ मा ६ जना प्रतिनिधि छनोट गरिएको छ । त्यस्तै वडा नं. ४ मा १५ जना प्रतिनिधि छनोट गरिएको छ । त्यस्तै वडा नं. ६ मा १४ जना प्रतिनिधि छनौट गरिएको छ । वडा नं. ७ मा ६ जना प्रतिनिधि छनौट भएका हुन् । 
त्यस्तै वडा नं. ८ मा १३ जना प्रतिनिधि छनौट गरिएको छ । त्यस्तै वडा नं. ११ मा महिला तर्फ ३ जना युवातर्फ १ जना दलितर्फ ३ जना र खुल्लामा ५ जना गरी १२ जना प्रतिनिधि छनौट गरिएको हो । त्यस्तै वडा नंं. १३ मा १७ जना प्रतिनिधि छनौट गरेको छ । त्यस्तै वडा नं. १२ मा २० जना प्रतिनिधि छनौट भएका छन् । त्यस्तै वडा नं. ९ मा ९ जना प्रतिनिधि छनौट गरिएको छ । 
अधिवेसनमा आयोजक कमिटि १०८ सहित झण्डै ३०० जना प्रतिनिधि सहभागि हुनेछन् । वडास्तरमा प्रतिनिधि छनौट गर्दा सदस्यता संख्याको आधारमा हुनेछ । २० सदस्य संख्या बराबर ३ जना खुल्ला र एक महिला छनौट गरिएको छ भने ५१ प्रतिशत थपिँदै जाँदा १ जना प्रतिनिधि थप हुँदैजानेछन् । त्यस्तै वडा नं. ५ र १० मा भने प्रतिनिधि छनौट स्थागित भएको छ । त्यस्तै भोली जनवर्गीय संगठनको र पर्सी सल्लाहकारबाट प्रतिनिधि छनौट गरिने नगर सचिव यमकान्त खनालले बताउनुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...