समाचार
वालिङमा जारी शिक्षा सिप तथा उद्यमशीलतामा शनिबार वत्तृmत्वकला प्रतियोगिता
रेडियो आँधीखोला
वालिङ, २ असार ।
स्याङ्जाको वालिङमा जारी शिक्षा सिप तथा उद्यमशीलता मेलाको दोस्रो दिन शनिबार वत्तृmत्वकला प्रतियोगिता सहित स्थानीय तथा राष्ट्रिय उद्यमीहरुको अनुभव आदानप्रदान गरिएको छ ।
मेलामा स्थानीय उद्यमीको रुपमा सर्मपण कृषि फार्मका म्यानेजर बिना रेग्मी, ए एण्ड एस एग्रो फर्मका डाईरेक्टर अस्विन पंगेनीले आफ्ना अनुभवहरु आदानप्रदान गर्नुभएको थियो भने राष्ट्रिय उद्यमीको रुपमा हरिलो फूडका सिईओ प्रकाश आचार्य र सिटिओ डेमोन्सका को फाउण्डर विवेक कोईरालाले काम गर्दाको समयमा आएका आरोह अवरोह र सफलता प्राप्तीका विषयमा आफ्ना अनुभव सुनाउनुभएको थियो ।
त्यस्तै उद्यमशीलता र विश्व बजार आर्थिक विकासको आधार विषयमा वत्तृmत्वकला प्रतियोगिता समेत गरिएको छ । प्रतियोगितामा यहाँका विभिन्न विद्यालयका २२ जना प्रतियोगिहरु सहभागि थिए । प्रतियोगिताको नजिता घोषणा तथा पुरस्कार वितरण आज समापनको दिन गरिने निर्णायक मण्डलका दिपक पराजुलीले बताउनुभयो । प्रतियोगितामा पराजुली सहित विष्णु सुवेदी र सुरेश पंगेनी निर्णायकको रुपमा रहनुभएको थियो ।
मेलाको अन्तिम दिन आज स्थानीय उद्यमीहरुको अनुभव, विद्यार्थीका लागी जानकारीमुलक कार्यक्रमलगायतका कार्यक्रमहरु समावेश गरिएको मेला आयोजक स्याङ्जा थिंक ट्यांकका अध्यक्ष दिनकर नेपालले बताउनुभयो । मेलामा स्थानीय उत्पादनहरुको प्रर्दशनी गरिएको छ भने विद्यार्थीहरुले आफ्नो प्रोजेक्ट, आफ्ना प्रतिभाहरु समेत प्रस्तुत गरेका थिए ।