समाचार
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङद्धारा रक्तदान कार्यक्रम
रेडियो आँधीखोला
वालिङ, ६ असार ।
राष्ट्रिय स्वतन्त्र पार्टी वालिङले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पार्टीको दोस्रो वार्शिकोत्सवका अवसरमा वालिङ ९ भुम्रेमा रक्तदान कार्यक्रम गरिएको हो । रक्तदान जिवनदान भन्ने नाराका साथ आयोजित रक्तदान कार्यक्रमको प्राविधिक सहयोग नेपाल रेडक्रस सोसाईटी स्याङ्जाले गरेको हो । रक्तदान कार्यक्रममा ३३ जनाले रक्तदान गरेका हुन् ।
पार्टीको दोस्रो वार्शिकोत्सवका अवसरमा हरेक वर्ष फरक फरक स्थानमा कार्यक्रम गर्दै आईएको भन्दै सहज रुपमा सबैले रगत प्राप्त गरुन भन्ने ध्येयले पार्टी स्थापना दिवसको अवसरमा रक्तदान गरिएको रास्वपा गण्डकी प्रशिक्षक विभागका प्रकाश अर्यालले बताउनुभयो ।