अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

‘सूचना माग्नेलाई समयमा उपलब्ध गराउनु’

news

 
वालिङ ७ असार ।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाले सूचना अधिकारीहरुको बैठक सम्पन्न गरेको छ । बैठकमा सूचना अधिकारीहरुले भोग्न परेका समस्या र समाधानका बिषयमा अन्तरक्रिया भएको थियो । जिल्ला स्थित सरकारी कार्यालयका सूचना अधिकारी र ११ ओटै स्थानीयतहका सूचना अधिकारीहरुको सहभागिता रहेको थियो । सूचना अधिकारीहरुले सूचना मागगर्दा केही कठिनाई आउने गरेको उल्लेख गरेका थिए । 
बैठकमा स्याङ्जाका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नागरिकले मागेको सूचना दिन आनकानी नगर्न निर्देशन दिनुभएको छ । संविधानले नै प्रदत्त गरेको अधिकार प्रयोग गरी सूचना उपलब्ध गराउन सूचना अधिकारीलाई प्रजिअ नेपालले निर्देशन गर्नुभएको थियो । सार्वजनिक महत्वको सूचना माग्ने र पाउने अधिकार संविधानले नै निर्दिष्ट गरेको छ प्रजिअ नेपालले भन्नुभयो्,‘सूचनाको हक ऐनमा उल्लेख भए अनुसार सूचना दिनु पर्छ ।’ कुन सूचना दिन मिल्ने वा नमिल्ने भन्ने ऐनममा नै उल्लेख छ, अध्ययन गरेर कानुनले निर्दिष्ट गरेको सूचना दिन आनकानी गर्नुहुदैन ।
सूचना वर्गीकरण र अद्यावधिक गरी सूचनामा नागरिकको पहुँचमा सरल र सहज बनाउन सूचना अधिकारीको महत्वपुर्ण भुमिका हुने प्रजिअ नेपालले बताउनुभयो् । मनसुन शुरु भइसकेको अवस्थामा मनसुनजन्य विपदका सूचनामा पनि अपडेट रहन उहांले निर्देशन दिनुभयो । बैठकमा सूचना अधिकारीहरुले सूचना उपलब्ध गराउन प्राविधिक कठिनाई हुने गरेको गुनासो गरे । बिषयगत शाखाहरुले सूचना दिन ढिलाई गरिदिदा सूचना अधिकारीले सूचना आयोगको सजाय भोग्नुपरेको पिडा व्यक्त गरेका थिए । 
जिल्लास्तरीय सूचना अधिकारीको बैठकमा जिल्ला प्रशाशसन कार्यालय स्याङ्जाका सूचना अधिकारी दीपक पौडेलले जिल्ला प्रशासन कार्यालयले गरेको कार्य सम्पादनका बिषयमा उल्लेख गर्नुभयो । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...