अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

इटालीको क्याप्रीमा पानीको अभाव भएपछि पर्यटक आगमनमा रोक

news

 

असार ९, पानी आपूर्तिमा समस्या आएपछि इटालियन टापु क्याप्रीले पर्यटकलाई आगमनमा रोक लगाएको छ । क्याप्रीका मेयर पाओलो फाल्कोले लगाएको प्रतिबन्धले दक्षिणी इटालीको नेपल्स र सोरेन्टोबाट टापुमा जाने धेरै डुङ्गा फर्किन बाध्य पारेको समाचारसंस्था एएफपीले जनाएको छ ।

मुख्य भुमीका प्राविधिक समस्या आएको कारण टापुमा पानी आपूर्तिमा समस्या भएको आपूर्ति कम्पनीले जनाएको छ । अहिले स्थानीय सरकारले ट्याङकरबाट ओसारेर प्रतिघर २५ लिटरका दरले पानी बितरण गरिरहेको छ ।

क्याप्रीमा दैनिक आउने हजारौं पर्यटक पुग्ने गरेका छन् । नेपल्समा रहेको क्याप्री, सेतो भिला, पर्यटकीय गन्तव्य र ठूला होटेलको लागि प्रसिद्ध रहेको छ । क्याप्रीमा झन्डै १३ हजार स्थायी बासिन्दा छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...