अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पुनः पौडेलको अध्यक्षतामा नेकपा एमाले वालिङ नगर कमिटी गठन

news

 
वालिङ, १० असार ।
नेकपा एमाले वालिङ नगर कमिटीको दोस्रो अधिवेशनले आगामी तीनवर्षे कार्यकालका लागि पुनः शोभाकान्त पौडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कमिटी चयन गरेको छ । 
पौडेलको नेतृत्वमा सर्वसम्मतीमा सबै पदाधिकारीहरुसहित ७५ सदस्यीय नयाँ कमिटी शनिबार निर्वाचित भएका हुन् । अध्यक्षका प्रत्यासी पुन्यप्रसाद अर्याल र माधव कँडेलले आफ्नो उमेदवारी फिर्ता लिएसँगै पौडेल सर्वसम्मत निर्वाचित भएको निर्वाचन कमिटीले घोषणा गरेको थियो । यसैगरी उपाध्यक्षमा श्यामकृष्ण श्रेष्ठ, सचिव आनन्द पाठक, उपसचिव द्वय नमलाल डुम्रे र जैसरा रेग्मीसहित आगामी तीन वर्षे कार्यकालका लागि ७५ सदस्यीय नयाँ नगर कमिटी सर्वसम्मतीमा निर्वाचित भएका हुन् ।
सर्वसम्मत निर्वाचित भएसँगै नवनिर्वाचित अध्यक्ष पौडेलले पार्टीलाई चुस्त दुरुस्त र अझ सशक्तरुपमा अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । नवनिर्वाचित अध्यक्ष पौडेलले अग्रज र अनुज नेता कार्यकर्ताहरुको साथमा रहेर पार्टीलाई अझ सशक्तरुपमा अगाडि बढाउन लागिपर्ने विश्वास व्यक्त गर्नुभयो । पार्टीलाई थप मजवुत बनाउन आफ्नो ध्यान केन्द्रित हुने भन्दै नवनिर्वाचित अध्यक्ष पौडेलले पार्टीमा काम गर्दा लिएको अनुभवलाई भरपुर उपयोग गर्दै सबैको उच्च सम्मानसहित पार्टीको काममा खटिने उल्लेख गर्नुभयो । उहाँले आँफूसँगै प्रत्यासी उमेदवारहरु, पार्टी प्रतिनिधिले पुनः वालिङ नगरको नेतृत्वका लागि हार्दिकताकासाथ जिम्मेवारी सुम्पिएकामा धन्यवाद व्यक्त गर्नुभयो । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...