अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

कर्णाली र सुदूरपश्चिममा पनि मनसुनी वायुको प्रभाव

news

 

 असार १०, काठमाण्डौ – नेपालमा मनसुन भित्रिएको दुई हप्तापछि कर्णाली र सुदूरपश्चिममा पनि प्रभाव पर्न थालेको छ । गएरातिदेखि कर्णाली र सुदूरपश्चिममा पनि मनसुनी वायुको प्रभाव देखिएको मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो ।

आज कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँका साथै मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागका एक, दुई स्थानमा मुसलधारे पानी पर्ने सम्भावना छ ।

ठूलो पानी पर्ने ठाउँमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयका जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध छ ।

गएराति र बिहान पनि देशका धेरै ठाउँमा पानी परेको छ । पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको ढुङ्गेमा एक सय ६० मिलिमिटर पानी परेको छ ।

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...