समाचार
वालिङको बजेट ८६ करोड ४७ लाख २१ हजार
रेडियो आँधीखोला
वालिङ, १० असार ।
वालिङ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागी ८६ करोड ४७ लाख २१ हजार ५ सयको बजेट सार्वजानिक गरेको छ । १६औँ नगरसभाले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम एव्ां बजेट सार्वजानिक गरेको हो । नगर सभामा नगरप्रमुख कृष्ण खांणले आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।
आगामी आर्थिक वर्षमा नगरले मेरो स्वास्थ्य मेरो जिम्मेवारी भन्ने अभिप्रायले जिवन शैलि प्रर्वद्धन, भान्सा सुधार तथा ४० वर्ष नाघेकाका नागरिकलाई नसर्ने रोगको न्युनिकरणका लागी सामुदायिक नर्स तथा विद्यालय नर्स कार्यक्रम कार्यान्वयन गर्ने, महिला स्वास्थ्य स्वंयमसेविकाहरुलाई सुनौलो अवकास योजना, मेयरसंग जेष्ठ नागरिक स्वास्थ्य परिक्षण कार्यक्रमलाई निरन्तरता दिने नगरप्रमुख खांणले प्रस्तुत गर्नुभएको निति तथा कार्यक्रममा उल्लेख छ । त्यस्तै निति तथा सरकारी स्वास्थ्य संस्थाहरुबाट निस्कने मेडिकल जन्य फोहोरहरुको उचित व्यवस्थापन गरिने, योग अभ्यास र पञ्चकर्मलाई प्रूाथामिकता दिने उल्लेख छ ।
उपमेयरसंग पोषिलो झोलालगायतका स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण निति लिएको छ । त्यस्तै शिक्षामा विद्यालयलाई प्रविधिमैत्रि बनाईने, उत्कृष्ठ विद्यालय र विद्यार्थीलाई पुरस्कृत गरिने, विद्यालयलाई बालमैत्रि र अपांगमैत्रि बनाईने उल्लेख छ त्यस्तै एक वडा एक खेलमैदान, मेयर उपमेयर कप खेलकुद प्रतियोगिता, कमाउँदै पढदै कार्यक्रम, सरकारी कर्मचारी, सामुदायिक विद्यालयका शिक्षक तथा व्यवस्थापन समितिका छोराछोरीलाई सामुदायक विद्यालयमा पढाउन प्रोत्साहन गरिने, शिक्षकहरुलाई राजनितिक दलसंग अवद्ध हुन नपाउने व्यवस्था कडाईका साथ लागू गरिने, कृषि तथा पशुपालनमा अनुदानका कार्यक्रमलाई निरन्तरता दिने, मासु, अण्डा उत्पादनमा प्रोत्साहन गरिने, कृषि एम्भुलेन्सको व्यवस्था गर्ने, नगरपालिकाका सेवालाई प्रविधिमैत्रि बनाईने, विदेशी पर्यटकलाई वालिङमा कम्तीमा दुईदिन बस्ने वातावरण मिलाउने, नगरभित्रका योजनाहरु महिला उपभोक्तामार्फत कार्यान्वयनलाई प्राथामिकता दिने उल्लेख गरिएको छ ।
कार्यक्रममा उपप्रमुखद्धारा कविता तिवारीगैह्रेद्धारा प्रस्तुत बजेटमा आगामी आर्थिैक वर्षका लागी आन्तरिक स्रोत ६ करोड, संघिय वित्तिय समानीकरण अनुदान १५ करोड १० लाख, संघिय सरकार राजस्व बाँडफाँड १२ करोड ९८ लाख, संघिय सरकार सर्शत अनुदान चालूमा ४० करोड ७४ लाख ७५ हजार ५ सय, पुँजीगततर्फ १ करोड ३० लाख, संघिय सरकार विषेश अनुदान १ करोड २० लाख, संघिय सरकार समपुरक अनुदान २ करोड ८५ लाख, प्रदेश सरकार समानीकरण २ करोड १० लाख २२ हजार, प्रदेश सरकार समपुरक अनुदान १ करोड, राजस्व बाँडफाँड १ करोड ५७ लाख २६ हजार, घरजग्गा रजिष्टेशनबाट १ करोड, विज्ञापन करबाट ६१ लाख ९८ञ हजार गरी ८६ करोड ४७ लाख २१ हजार ५ सयको आय प्रक्षेपण गरिएको छ भने व्यय तर्फ आर्थिक विकासमा ५ करोड, सामाजिक विकासतर्फ ५ करोड पुर्वाधार विकासतर्फ ९ करोड, सुशासन तथा अन्तरसम्बन्धीस्त क्षेत्रतर्फ २ करोड, विपद तर्फ १ करोड न्यायिक तर्फ १८ लाख प्रशासनमा १ करोड, कार्यालय ंसंचालन तथा प्रशासकिय तर्फ ८ करोड, शसर्त अनुदान तर्फ ४२ करोड ४७ हजार रहेको छ ।
कार्यक्रममा विभिन्न विकास समितिका संयोजकहरुले आफ्ना प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा न्यायिक समितिको प्रतिवेदन उपप्रमुख तथा संयोजक कविता तिवारीगैह्रे, सुशासन समितिको प्रतिवेदन संयोजक जुनु थापा, विपद व्यवस्थापन समितिको प्रतिवेदन संयोजक डण्डपानी पंगेनी, आर्थिक विकास समितिको प्रतिवेदन संयोजक सिता विक, सामाजिक विकास समितिको प्रतिवेदन संयोजक युगमाया पगेनी, पुर्वाधार विकास समितिको प्रतिवेदन संयोजक भगवती पाण्डे डुम्रे, लेखा समितिको प्रतिवेदन संयोजक सुनिल खनालले प्रस्तुत गर्नुभएको थियो भने कार्यपालिकाको निर्णयहरुको प्रस्तुति र अनुमोदन प्रवक्ता पदमराज गुरुङले गर्नुभएको थियो ।