अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

पुतलीबजारको बजेट १ अरब ३२ करोड,पूर्वाधार विकासलाई प्राथमिकता

news

 
वालिङ, १० असार ।
स्याङ्जाको पुतलीबजार नगरपालिकाले आर्थिक वर्ष २०८१÷८२ को आफ्नो नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । १५ औं नगर सभामा नगर प्रमुख तुलसीराम रेग्मीले नीति तथा कार्यक्रम र नगर उप प्रमुख देवी अर्यालले बजेट प्रस्तुत गर्नुभएको थियो ।
आर्थिक वर्ष २०८१÷८२ का लागि नगर सभामा उप प्रमुख अर्यालले १ अरब ३२ करोड ३४ लाख ८ हजार रूपैयाँ बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।  जसमध्ये चालू खर्च तर्फ रू ५९ करोड ६२ लाख ४० हजार अर्थात् ४०.५ प्रतिशत रहेको छ भने पूँजीगत खर्चतर्फ ७२ करोड ७१ लाख ६८ हजार अर्थात् ५४.९५ प्रतिशत रहेको छ।
पालिकाले बजेटमा भौतिक पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ। सडक,पुल, सिंचाइ, भवन तथा सहरी विकास, संचार , उर्जा लगायतका पूर्वाधारको विकासका लागि ६६ करोड ६० लाख ५२ हजार १ सय रूपैयाँ विनियोजन गरिएको छ।
संस्थागत क्षमता विकास र सुशासन तर्फ २१ करोड १६ लाख ९१ हजार२ सय ५० विनियोजन गरिएको छ भने शिक्षा , स्वास्थ्य , खानेपानी,सरसफाई , संस्कृति संरक्षण , लैङ्गिक समता एवं सामजिक समावेशीकरणका लागि ३७ करोड ३ लाख १६ हजार १ सय ५० विनियोजन गरिएको छ। कृषी, पशु, सहकारी, पर्यटन , रोजगारी अन्तर्गतका कार्यक्रम संचालन गर्न ५ करोड २२ लाख ७५ हजार ५ सय विनियोजन गरिएको छ। यसैगरी वन, वातावरण , सरसफाइ तथा विपद् व्यवस्थापन गर्न २ करोड २९ लाख ९३ हजार बजेट छुट्याइएको छ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...