अहिले तरंगमा

Songs & Add

केहि छिनमा

Songs & Add

समाचार

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको भुम्रेमा ६५औँ एक्सटेन्सन काउण्टर

news

 
रेडियो आँधीखोला
वालिङ, ११ असार ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको वालिङ ९ भुम्रेमा ६५औँ एक्सटेन्सन काउण्टरको सुभारम्भ गरिएको छ । ६५औँ एक्सटेन्सन काउण्टरको उद्दघाटन गर्दै बैंकका प्रदेश कार्यालयका प्रमुख छविन्द्रनाथ शर्माले काउण्टरबाट सबै सुविधाहरु प्राप्त गरिने भन्दै बैंकको सेवाप्रवाह ग्राहकमैत्रि रहेको बताउनुभयो । सबै सेवाग्राहीको पहुँजमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेको भन्दै आजको बचत भविष्यका लागी हुने प्रदेश प्रमुख शर्माले बताउनुभयो ।  
कार्यक्रममा प्रदेश कार्यालयका उपप्रमुख धिरज थापासहित बैंकका कर्मचारी तथा सेवाग्राहीको सहभागिता थियो । कार्यक्रमको संचालन वालिङ साखा प्रमुख उज्जवल श्रेष्ठले गर्नुभएको थियो । बैंकको नेपालभरी २७२ साखा कार्यालय, ६५ एक्टेन्सन काउन्टर,८८ ब्रान्सलेस बैकिङग् र २६६ स्थानमा एटिएम सुविधा रहेको छ । काउण्टरबाट सेवाग्रहीले आजैबाट सेवा लिएका छन् ।  
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...