अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा ११ पालिकाको बजेटे ७ अर्ब ५९ करोड ९६ लाख २५ हजार ४००

news

 
कला राना
वालिङ, ११ असार ।
स्याङ्जाका ११ पालिकाले झण्डै ७ अर्ब ५९ करोड ९६ लाख २५ हजार ४०० बजेट ल्याएका छन् । असार १० गतेसम्म हरेक पालिकाले आगामी आर्थिक वर्ष २०८१÷०८२ को लागी बजेट र निति तथा कार्यक्रम ल्याउने प्रावधान अनुसार जिल्लाका ११ वटै पालिकाले समयमै निति तथा कार्यक्रम र बजेट ल्याउन सफल भएका हुन् ।  जिल्लाका ११ पालिकाले ७ अर्ब ५९ करोड ९६ लाख २५ हजार ४०० रुपैँयाको बजेट ल्याएका हुन् । 
५ नगरपालिका र ६ गाउँपालिका रहेको स्याङ्जामा सबैभन्दा धेरै बजेट पुतलीबजारले विनियोजन गरेको छ । नगरपालिकातर्फ पुतलीबजार नगरपालिका धेरै बजेट विनियोजन गर्ने पालिका हुँदा पुतलीबजारको बजेट १ अर्ब ३२ करोड ३४ लाख ८ हजार र कम बजेट चापाकोटले विनियोजन गरेको छ । चापाकोटले आगामी आर्थिक वर्षका लागी ७२ करोड ९१ लाख ९५ हजारको बजेट विनियोजन गरेको हो । त्यस्तै ६ वटा गाउँपालिका रहेको जिल्लामा सबै भन्दा धेरै कालीगण्डकी गाउँपालिकाले ६३ करोड ३४ लाख ६५ हजारको बजेट विनियोजन गरेको छ भने पालिकातर्फ कम हरिनासले ४० करोड १७ लाख २ हजारको बजेट विनियोजन गरेको हो । 
धेरै बजेट विनियोजन गरेको पुतलीबजारकोे चालुतर्फ ५९ करोड ६२ लाख ४० हजार अर्थात ४०.५ प्रतिशत छ भने पुँजीगततर्फ ७२ करोड ७१ लख ६८ हजार अर्थात ५४.९५ प्रतिशत रहेको छ । त्यस्तै दोस्रोमा पालिकातर्फ वालिङले ८६ करोड ४७ लाख २१ ह्जार ५ सयको बजेट विनियोजन गर्दा चालुतर्फ ४० करोड ७४ लाख ७५ हजार ५ सय छ । त्यस्तै भीरकोटको ७८ करोड २६ लाख २० हजारको बजेट रहेकोमा चालुतर्फ ५९ करोड ८९ लाख ७० हजार रहेको छ भने पुँजीगततर्फ १८ करोड २६ लाख ५० हजार रहेको छ । 
त्यस्तै गल्याङ नगरपालिकाको ७९ करोड १० लाख ३९ हजार रहेकोमा पुँजीतर्फ २४ करोड ९६ लाख ३९ हजार रहेको छ भने चालुतर्फ ५४ करोड १४ लाख रहेको छ । त्यस्तै चापाकोट नगरपालिकाको ७२ करोड ९१ लाख ९५ हजार बजेटमा पुँजीगत २७ करोड ९९ लाख ३५ हजार छ भने चालुतर्फ ४४ करोड ९२ लाख ६० हजार रहेको छ । 
त्यस्तै गाउँपालिकातर्फ अर्जुनचौपारी गाउँपालिकाको ५६ करोड ६० लाख ७५ हजार बजेटमा चालुतर्फ ३१ करोड १४ लाख ६५ हजार छ भने पुँजीगत २५ करोड ४६ लाख १० हजार रहेको छ । त्यस्तै हरिनासको ४० करोड १७ लाख २ हजार कुल बजेटमा २५ करोड ६८ लाख ८० हजार चालु र १४ करोड ५८ लाख २२ हजार पुँजीगत बजेट रहेको छ । त्यस्तै आँधीखोला गाउँपालिकाको ५६ करोड ५८ लाख ५९ हजारको कुल बजेट रहेको छ । 
त्यस्तै फेँदिखोलाको ४४ करोड ३८ लाख ९३ हजार ९ सय कुल बजेट छ भने विरुवा गाँउपालिकाको ४९ करोड ४६ लाख २० हजार रहेको छ । जिल्लाका ११ वटै पालिकाले विकास निर्माण र पुर्वाधार विकासमा जोड दिएका छन् भने आधारभुत आवश्यकताहरुको सहज परिपुर्तिका लागी प्रयास गरेको निति तथा कार्यक्रमले देखाएको छ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...