अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

एसईई परिक्षामा स्याङ्जाबाट १७२२ उत्तिर्ण

news

 
रेडियो आँधीखोला
वालिङ, १३ असार ।
माध्यमिक शिक्षा परिक्षा एसईई दिएका परिक्षार्थी मध्ये स्याङ्जामा १७२२ जनाले कक्षा ११ पढ्न पाउने भएका छन् । विहिबार सार्वजानिक एसईई परिक्षाको नजिता अनुसार जिल्लाका १७२२ जना उत्तिर्ण भएका हुन् । स्याङ्जामा १ जनाले ४ जिपिए प्राप्त गरेका छन् । स्याङ्जाको त्रिभुवन आर्दश नमुना माध्यमिक विद्यालयका ४३००२३४ पि सिम्बोल नम्बर भएका शुसान्त मरासिनीले ४ जिपिए प्राप्त गर्नुभएको हो । पुतलीबजार नगरपालिका १ मा रहेको त्रिभुवनआर्दश नमुनामाबिका मरासिनीले जिल्लानै टप समेत गर्नु भएको हो । 
 
२०६५ पुस १० गते पुतलीबजार नगरपालिका ३ माबाबा कृष्ण प्रसाद मरासिनी र बसुन्धरा मरासिनीको कान्छो छोराको रुपमाजन्नमु भएको थियो । बिद्यालयमा लगनशिल र तृष्ण रहनु भएका मरासिनीले जिल्ला नै टप गर्नु भएको गणित शिक्षक शिब ढकालले बताउनुभयो । शिक्षा विकास तथा समन्वय इकाइ स्याङ्जाका अधिकृत तथा सुचना अधिकारी सुरेश सुवेदीका अनुसार साधारण तर्फ ३.६ देखि ४ जिपिए भित्रको जिपिए प्राप्त गर्ने १७२ जना रहेका छन् भने ३.६ देखि २ जिपिए भित्र ४४१ जना विद्यार्थी उत्तिर्ण भएका छन् ।
त्यस्तै ३.२ देखि २.८ जिपिए भित्र पर्ने ७१२ जना विद्यार्थी रहेका छन् भने २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ३७७ र २.० देखि २.४ जिपिए ल्याउने २० जना गरी १ हजार ७२२ जनाले कक्षा ११ मा भर्ना हुन पाउने भएका छन् । त्यस्तै ननगे्रड प्राप्तमा २ हजार १९२ जना  रहेका छन् । त्यस्तै प्राविधिक तर्फ ३.७ देखि ४ जिपि भित्रको जिपिए प्राप्त गर्ने २ जना, ३.६ देखि ३ जिपिए प्राप्त गर्ने १७ जना, २.८ देखि ३.२ प्राप्त गर्ने २४ जना र २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ६ जना गरी ४९ जना उत्तिर्ण भएका छन भने प्राविधिकतर्फ १०९ जनाले एन जि अर्थात नन गे्रड प्राप्त गरेका छन् । जिल्लामा ४ हजार ७२ जनाले गत चैत्रमा एसईई दिएका थिए । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...