अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

वालिङ ११ मा नेतृत्व विकास तथा उद्दघोषण तालिम शुरु

news

 
रेडियो आँधीखोला
वालिङ, १७ असार ।
वालिङ नगरपालिका वडा नं. ११ मा नेतृत्व विकास तथा उद्दघोषण तालिम शुरु भएको छ । वडाले आफ्ना टोल विकास संस्थाका पदाधिकारी र आमा समुहका पदाधिकाहरु, क्लबका पदाधिकारी तथा प्रतिनिधिहरुका लागी तालिमको आयोजना गरेको हो । ११ वडा कार्यालय सभाहल डौँवामा आयोजित तालिमको उद्दघाटन गर्दै समाजसेवी टिकाराम पराजुलीले सिकाई अमर रहेको भन्दै सिकाईले व्यक्तिलाई सक्षम र सबल बनाउने बताउनुभयो । 
वडाको विकास र समृद्धिका लागी टोल विकास र आमा समुह तथा क्लबलको सक्रियताले संभव रहेको भन्दै यो तालिमको सही रुपमा उपयोग गर्न सुझाव दिनुभयो । कार्यक्रममा वडा सदस्य ताराप्रसाद पराजुली, वडा सचिव लक्ष्मीप्रसाद अर्याललगायतले कार्यक्रमको सफलताको शुभाकमना व्यक्त गर्नुभएको थियो । कार्यक्रम वडा सदस्य आनन्दकुमार खांणको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत वडा सदस्य धनमाया थापा र संचालन कम्युटर अपरेटर पार्वती अर्यालले गर्नुभएको थियो । 
कार्यक्रममा ३७ जनाको सहभागिता रहेको छ । तालिमको पहिलो दिन रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले सहजीकरण गर्नुभएको थियो भने अन्तिम दिन रेडियोका स्टेशन म्यानेजर तोलाकान्त बगालेले सहजीकरण गर्नुहुनेछ । 
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...