अहिले तरंगमा

Morden Songs

केहि छिनमा

Khulduli.com

समाचार

वालिङमा फेशन डिजाइन सम्बन्धी ७ दिने तालिम सम्पन्न

 
रेडियो आँधीखोला
वालिङ, १८ असार ।
वालिङमा फेशन डिजाइन सम्बन्धी ७ दिने तालिम सम्पन्न भएको छ । वालिङ नगरपालिकाको आयोजनामा सञ्चालित परम्परागत सिलाई कटाई सिप सिकेकाहरुलाई फेशन डिजाइन सम्बन्धी ७ दिने तालिम प्रदान गरिएको हो । दलित समुदायको परम्परागत कला तथा सिप विकास संस्था वालिङको सम्न्वयमा कार्यक्रम गरिएको हो । कार्यक्रममा संस्थाका अध्यक्ष लिलबहादुर रणपालले सहजिकरण गर्नुभएको थियो ।
कार्यक्रममा सामाजिक विकास समिति संयोजक तथा कार्यपालिका सदस्य युगमाया पंगेनीले यस समुदायको लागी यस्ता कार्यक्रम गर्न पाउँदा खुशि लागेको बताउनुभयो । साथै उहाँले तालिम लिएपश्चात व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सहभागिहरुलाई आग्रह गर्नुभयो । सहभागिको तर्फबाट तिर्थराज परियारले समेत आफ्नो भनाई राख्नुभएको थियो । 
कार्यक्रममा वालिङमा परम्परागत रुपमा काम सिकेर सिलाई कटाई पेशा गर्ने १६० जनाले प्रमाणपत्र प्राप्त गर्नुभएको छ । प्रमाणपत्र लिदै वालिङ १३ का ७५ वर्षिय डिल बहादुर दर्जीले सिलाई कटाई काम गरेको लामो समयसम्म कुनै प्रमाण पत्र प्राप्त नगरेको र वालिङले कार्यक्रमको अवसरमा प्रमाणपत्र प्रदान गरेकोमा खुशि व्यक्त गर्दै धन्यवाद समेत दिनुभएको थियो । त्यस्तै वालिङ ८ का ८१ वर्षिय कपिल मुनी परियार विजय मास्टरले पनि आफुले लामो समय सिलाई कटाईको काम गर्र्दै आएको र आफुँसँग सिप भएपनि सिपको प्रमाण पत्र पहिलोपटक प्राप्त गरेको भन्दै धन्यवाद दिनुभएको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष लिलबहादुर रणपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत कमल भित्रकोटी र सञ्चालन प्रविन परियारले गर्नुभएको थियो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...