समाचार
वालिङ ११ मा नेतृत्व विकास तथा उद्दघोषण तालिम सम्पन्न
रेडियो आँधीखोला
वालिङ, १८ असार ।
वालिङ नगरपालिका वडा नं. ११ मा नेतृत्व विकास तथा उद्दघोषण तालिम सम्पन्न भएको छ । वडाले आफ्ना टोल विकास संस्थाका पदाधिकारी र आमा समुहका पदाधिकाहरु, क्लबका पदाधिकारी तथा प्रतिनिधिहरुका लागी तालिमको आयोजना गरेको हो । ११ वडा कार्यालय सभाहल डौँवामा आयोजित तालिमको समापनका अवसरमा वडा अध्यक्ष डण्डपानी पंगेनीले बोल्ने कला तथा सिपले जिवनलाई सशक्त र सक्षम बनाउन सहयोग गर्ने बताउनुभयो ।
टोल विकास संस्था, आमा समूह तथा क्लबहरुलाई सम्बन्धीत निकायमा योजना माग गर्दा होस या समाजलाई सहि मार्गमा हिँडाउन नेतृत्व तथा बोल्ने कलाको महत्व रहेको भन्दै तालिममा सिकेका विषयलाई अभ्यास गर्दै व्यवहारमा उर्तान आग्रह गर्नुभयो । कार्यक्रममा समाजसेवी टिकाराम पराजुली, सहभागि हरिहर पंगेनी, नरेन्द्रप्रसाद पराजुली, सुस्मिता खनाल, शारदा पौडेल, धनमाया आलेले तालिम निकै