अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

स्याङ्जामा अहिलेसम्म १६ प्रतिशत रोपाईँ

news

 
रेडियो आँधीखोला
वालिङ, १८ असार ।
स्याङ्जामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्ये १६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । असार १५ कटिसक्दा जिल्लामा धान खेति हुने क्षेत्रफल १६ हजार हेक्टर मध्ये सोमबारसम्म १६ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । 
यस वर्ष प्रिसनसुन प्रयाप्त नहुँनु मनसुन ढिलो शुरु हुनु जस्त कारण असार पन्ध्र कटिसक्दा पनि कम रोपाईँ भएको हो । विगत केहि दिनदेखि भने वर्षा भईरहेका कारण अहिले दैनिक १० प्रतिशतसम्म धान रोपाईँ कार्य भईरहेको कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले बताउनुभयो । प्रमुख हमालले भन्नुभयो, ‘स्याङ्जामा धान रोप्ने समय मुख्य गरी असार पन्ध्रदेखि साउन पन्ध्र नै हो तथापी बाह्रै महिना सिंचाईको सुविधा भएका तथा बाँझो खेतमा भने जेष्ठ अन्तिमबाट पनि रोपाईँ हुने गरेको छ ।’ 
११ पालिका रहेको जिल्लाको हरिनास, फेँदिखोला र आँधीखोलामा भने आधा अर्थात ५० प्रतिशत रोपाइँ भैसकेको छ । जिल्लाका अन्य पालिका वालिङ, भीरकोट, बिरुवाको फाँट, पुतलीबजारमा भने २२ प्रतिशत रोपाइँ भएको उहाँले बताउनुभयो । जिल्लाको पश्चिम बेल्ट कालीगण्डकी, चापाकोट, गल्याङमा भने ८ प्रतिशत सम्म रोपाइँ भएको छ । जिल्लाका पश्चिम भेगमा साउन अन्तिमसम्म पनि रोपाइँ हुने गरेको छ । 
यो वर्ष जिल्लामा धान खेति हुने क्षेत्रफल समेत घटेको देखिएको छ । गतवर्ष हिँउदे र वर्षे गरी १८ हजार हेक्टरमा धान उत्पादन हुने गरेकोमा यो वर्ष भने १६ हजार हेक्टरमा मात्रै रोपाइँ हुने भएको छ । जसमा हिउँदे २ हजार र वर्षे १४ हजार हेक्टर क्षेत्रफलमा रोपाइँ हुँनेछ । पछिल्लो समय ग्रामिण भेगमा सुन्तला कागती जस्ता फलफुलजन्य खेतिमा आर्कषण बढ्नु, जनशक्ति विदेशीनु, सिँचाईको सुविधा नहुँदा बारीमा परिणत हुनु जस्ता कारणले २ हजार हेक्टर क्षेत्रफल कम भएको केन्द्रका प्रमुख हमालले बताउनुभयो । यो वर्ष गण्डकी प्रदेशमा प्रर्याप्त वर्षा हुने मौसमविदले प्रक्षेपण गरेका कारण जिल्लामा ९५ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । गतवर्ष जिल्लामा ९२ प्रतिशत रोपाइँ भएको थियो । 
विभिन्न हाईब्रिट जातका धानहरु बजारमा भित्रिए पनि स्याङ्जाका कृषकहरुले उन्ननत जातको धान नै लगाउने गरेका छन् । हाईब्रिटमा छिटै रोग किराले आक्रमण गर्ने भएकाले कृषकहरु उन्नत जातका धानमा आर्कषित छन् । सावित्रि, सुनौलो सुगन्धलगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएको केन्द्रका प्रमुख हमालले बताउनुभयो ।
स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङ, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन। यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुन्छन् । यसै गरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...