समाचार
खोलाले बगाउँदा घाईते पुरुषको उपचारकाक्रममा मृत्यु
वालिङ, २१ असार ।
खोलाले बगाउँदा घाईते पुरुषको शुक्रबार बिहान उपचारकाक्रममा मृत्यु भएको छ । शुक्रबार बिहान ७ ः ५५ बजे स्याङ्जाको पुतलीबजार १ स्थित गरौंदी खोलाले बगाउँदा सोही ठाउँका ७४ वर्षीय तीलबहादुर भुजेल घाईते हुनुभएको थियो । घाईते भुजेलको स्याङ्जा जिल्ला अस्पतालमा उपचारकाक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । पुतलीबजार १ बीरेन्द्रनगर बस्ने भुजेललाई अरौंदी खोला तर्नेक्रममा खोलाले बगाएको हो ।
खोलाले बगाउँदा घाईते हुनुभएका भुजेललाई निजकै छोरा होमबहादुर भुजेलले उद्दार गर्नुभएको थियो । घाईते भुजेललाई जिल्ला अस्पताल स्याङ्जा पु¥याईएको र उपचारकाक्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो । शव सोही अस्पतालमा राखिएको छ ।
यसैबीच अविरल वर्षाकाकारण आज बिहान गोठ भत्किंदा दुई जना घाईते भएका छन् । स्याङ्जाको भीरकोट नगरपालिका ९ साउन्दी बस्ने ६७ को चन्द्रबहादुर सिंजालीको २ तले कच्ची गोठ भत्किएको हो । गोठ भत्किंदा चौपायालाई कुँडो दिन जानेक्रममा चन्द्रबहादुर सिंजाली र उहाँकी श्रीमती ५८ वर्षीय ठकुकुमारी सिंजाली सामान्य घाईते हुनुभएको हो । घाईतेहरुको ग्रह«ौं प्राथमिक अस्पताल वालिङमा उपचार भएको छ । गोठ भत्किंदा गोठमा रहेका एक भैंसी र दुई बाख्रा मरेका छन् भने एक भैंसी घाईते भएको छ । कालिकाकोट प्रहरी चौकी सिर्कोटबाट गएको प्रहरी टोली तथा स्थानीयले उद्दार गरेका थिए ।