अहिले तरंगमा

केहि छिनमा

समाचार

वालिङमा सिटिजन बैंकको १९४ औं शाखा सञ्चालनमा

news

तोलाकान्त बगाले
वालिङ, २१ असार ।
स्याङ्जाको वालिङमा शुक्रबार सिटिजन बैंक ईन्टरनेशनलको १९४ औ शाखा सञ्चालनमा आएको छ । स्याङ्जा जिल्लाको ब्यापारिक केन्द्रकोरुपमा रहेको वालिङमा स्थानीय वरिष्ठ उद्योगी एवम् समाजसेवी डोलराज शर्मा पंगेनीको पहलमा बैंकले १९४ औं शाखा विस्तार गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले शुक्रबार स्याङ्जा जिल्लाकै प्रसिद्ध धार्मिक आस्थाको केन्द्र ग्रहौं कालिका भगवतीको पूजाअर्चना गर्नुभयो भने बैंकमा ग्रहौं कालिका भगवतीको नाममा पहिलो खाता खोली विधिवत कारोबार थालिएको हो ।
संभाब्यता अध्ययन र ठूलो लगानीकर्ता वालिङकै स्थानीय समाजसेवी वरिष्ठ उद्योगी डोलराज शर्माको अनुरोधमा सञ्चालक समितिले निर्णय गरी वालिङमा शाखा स्थापना गरिएको प्रमुख कार्यकारी अधिकृत पोखरेलले बताउनुभयो ।
२०६४ साल वैशाख ७ गते स्थापना भएको उक्त बैंक हाल देशका ६० जिल्लामा पुगेको छ । ६० जिल्लामा १९४ वटा शाखामार्फत सेवा दिईरहेको उहाँले बताउनुभयो । “हालसम्म देशका ६० वटा जिल्लामा १९४ वटा शाखामार्फत बैंकिङ सेवा दिईरहेका छौं” उहाँले भन्नुभयो, “बैंकमार्फत हालसम्म १८ लाख सेवाग्राहीले सेवा लिईरहनुभएको छ ।”
बैंकले हाल दुईसय अर्ब निक्षेप गर्न सफल भएको छ भने एकसय ६० अर्ब कर्जा प्रवाह गरेको छ । जग्गा बाँझो हुने र उत्पादनमा ह«ास आउँदै गईरहेका बेला बैंकले विशेष गरी कृषि क्षेत्रमा लगानी गरी उत्पादन वृद्धिमा जोड दिने उहाँले बताउनुभयो । 
नेपाल राष्ट्र बैंकबाट तोकिए बमोजिमका क्षेत्रहरुमा ४५ प्रतिशत लगानी गर्दै आएको बैंकले विशेषगरी उद्यमशिलता, सिर्जनशिलता र सीपलाई ब्यवहारमा उतार्ने कार्यहरुमा सहयोग गर्ने उहाँले बताउनुभयो ।
“बैंकले स–सानादेखि ठूला ठूला कार्यहरुकालागि कर्जा प्रवाह गर्दै आईरहेको छ” उहाँले भन्नुभयो, “सानो पूँजीबाट सुरु गरी राम्रो आम्दानी गरेका ब्यवसायीहरु उदाहरणकोरुपमा बैंकसित प्रशस्तै रहेका छन् ।” यही असार मसान्तभित्र ३–४ वटा शाखा विस्तार गर्ने कार्य अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो । आगामी वर्षहरुमा बाँकी १७ जिल्लामा पनि शाखा विस्तार गरी सेवा दिने तयारीमा बैंक रहेको छ । बैंकले एटिएमसहितको सेवा सुरु गरेको हो ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...