अहिले तरंगमा

केहि छिनमा

Bhajan

समाचार

डिभिजन वन कार्यालय स्याङ्जाले कृषकलाई प्रत्यक्ष लाभ हुने विरुवा वितरण गर्दै

news

 
रेडियो आँधीखोला,
वालिङ २१ असार ।
डिभिजन वन कार्यालय स्याङ्जाले झण्डै ३० हजार बहुउपयोगी तथा फलफूलका विरुवा वितरण गरेको छ । वन कार्यालय अन्र्तगतको जिल्लामा रहेका विभिन्न सब डिभिजन वन कार्यालयहरुबाट बहुउपयोगी तथा डालेघाँसका विरुवाहरु राइखनियो, निमारो, ईपिलिपि, खयर, फलफुलजन्य कटहर, बडहर, चिउरी जडीबुटि तथा मसलाजन्य तेजपात, टिमुर, अमला, सित्तलचिनि, कुरिलोलगायतका विरुवाहरु वितरण गरेको हो । यही असार १६ गतेदेखि अहिलेसम्म कार्यालय तथा मातहतका सब डिभिजन कार्यालयहरुबाट २८ हजार ६१० भन्दा धेरै विरुवाहरु वितरण गरेको हो । 
कार्यालयले बहुउपयोगी ५० हजार, बहुवर्षे १५ हजार र जडीबुटिजन्य २५ हजार गरी ८५ हजार विरुवा यो वर्ष उत्पादन गरेको छ । कार्यालयका प्रमुख नवराज बरालका अनुसार कार्यालयले कृषकलाई प्रत्यक्ष फाईदा पुग्ने डाले घाँसहरु, सौन्दर्यताको लागी बहुवर्षे विरुवाहरु धुपी कल्की जस्ता विरुवा र पछिल्लो समय बाँझो जग्गामा लगाउन सकिने बाँदरले असर नगर्ने खालका टिमुर र कुरिलोलाई समेत प्राथामिकता दिएर विरुवा उत्पादन गरेको थियो । 
प्रमुख बरालले भन्नुभयो,“हामीले कृषकहरुलाई प्रत्यक्ष लाभ हुने खालका विरुवासंगै राजमार्ग सौन्दर्यताका लागी आवश्यक धुपी, कल्कीका विरुवाहरु उत्पादन गरेका छौँ ।” जमिन बाँझिने क्रम बढेकाले बाँझो जग्गाको सदुपयोग होस भन्ने हेतुले टिमुरका विरुवाहरु पनि धेरै उत्पादन गरेको भन्दै वन्यजन्तुले अन्नबालीमा क्षति गरिरहेका बेला टिमुर बैकल्पिक खेति हुन सक्ने भन्दै मसलाजन्य विरुवा लगाउँदा फाईदा रहेको प्रमुख बरालले बताउनुभयो । 
बाडखोला सड डिभिजन वन कार्यालयबाट बहुउपयोगी कटहर, बडहर, राईखनियो जातका ६ हजार १२२ विरुवा, जडीबुटिजन्य तेजपात १ हजार र ४१६ वितरण गरेको छ भने सब डिभिजन वन कार्यालय पुतलीबजारबाट निमारो, ईपिलिपि, बडहर, राईखनियो जस्ता विरुवा १० हजार ७२३, टिमुर, तेजपात, सित्तलचिनि, कुरिलो, अमला जस्ता विरुवा ९ हजार ५७६ विरुवा वितरण गरेको छ । त्यस्तै खयर, इपिलिपि, बडहर, जस्ता विरुवा गल्याङ कालीगण्डकी सव डिभिजन वन कार्यालयबाट ४६६ वटा वितरण गरेको छ भने चिउरी, कुरिलो, टिमुरजस्ता विरुवा ३०६ वटा विरुवा वितरण गरेको छ । 
पछिल्लो समय विभिन्न राजमार्ग तथा सडक छेउछाउलाई हराभर बनाउन समेत डिभिजन वन कार्यालयबाट विरुवाहरु लाने गरेका छन् भने विद्यालय परिसर र कार्यालय परिसरमा समेत जडीबुटि जन्य विरुवा लगाउने क्रम बढेको छ । जिल्लामा विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरुले समेत वन कार्यालयबाट विरुवा लगेका छन् । त्यस्तै विभिन्न कृषक समुह, वडा तथा पालिका, संघसंस्था, आमा समुह क्लबहरुले समेत वन कार्यालयबाट विरुवा लगेका छन् । समुह बाहेक व्यक्तिगत रुपमा पनि र कृषि तथा पशुपालन गरेका कृषकहरुले पनि घाँसका विरुवाहरु कार्यालयमा माग गरेर लैजाने गरेका छन् ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...