अहिले तरंगमा

केहि छिनमा

Nepal Khabar

समाचार

नारायणी नदीमा २२ वर्षयताकै धेरै पानी : आज बिहान ४ लाख ३६ हजार क्यूसेक मापन

news

 

असार २३,  नारायणी नदीमा २२ वर्षयताकै सबैभन्दा धेरै पानी बगेको छ । आज बिहान ६ बजे चार लाख ३६ हजार क्युसेक पानीको बहाव मापन भएको छ । सन् २००२ मा नारायणी नदीमा चार लाख २९ हजार क्युसेक पानी बगेको थियो ।

त्यसबेला नारायणीको बाढीले त्रिवेणीको ठठिया खोलानजिक बांध बगाएर गाउँमा पसेको थियो । नदीमा भइरहेको उच्च बहाव जोखिमपूर्ण अवस्थामा पुगेपछि त्रिवेणी ब्यारेजको सबै ३६ वटा ढोका खाेलेर पानी बगाइएको छ ।

यस वर्ष मनसुन शुरू भएपछि नारायणी नदीमा पहिलो पटक पानीको बहाव चार लाख क्युसेक नाघेको हो । हिजो दिउँसो १२ बजे एक लाख ६१ हजार क्युसेक र दिउँसो २ बजे दुई लाख १८ हजार क्युसेक पुगेको थियो । बाढीका कारण नारायणी नदीको तल्लो तटीय क्षेत्र जोखिममा छ । सुस्ता गाउँपालिकाको वडा–३, ४ र ५ का स्थानीय बासिन्दा धेरै जोखिममा छन् । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...