अहिले तरंगमा

Songs & Add

केहि छिनमा

BBC

समाचार

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना

news

 

  असार २३,  काठमाण्डौ – आज पनि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार आज विशेष गरेर गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।

दिउँसोपछि सुदूरपश्चिमका बझाङ, डोटी, बाजुरा, बैतडी, डडेल्धुरा लगायतका जिल्लामा ठूलो पानी पर्ने मौसमविद्को अनुमान छ । मनसुनी प्रणाली अहिले चार वटा प्रदेशमा पूर्ण रूपमा सक्रिय रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज कोशी, मधेस वागमतीका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ । अहिले पनि लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा ठूलो पानी परिरहेको छ । लुम्बिनी र गण्डकीका सबैजसो क्षेत्रमा तीन दिनदेखि पानी परिरहेकाले जमिन गलेको तथा खोला नालामा पानीको बहाव बढेकाले प्राकृतिक विपत्तीको जोखिम रहेको छ । 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...