अहिले तरंगमा

Chinari

केहि छिनमा

Sajha Khabar

समाचार

स्याङ्जामा ४२ प्रतिशत धान रोपाइँ, बाढीले धानखेतमा क्षति

news

 
कला राना,
वालिङ २५ असार ।
स्याङ्जामा अविरल वर्षाका कारण भर्खरै रोपेको धानमा क्षति पु¥याएको छ । शुक्रबारदेखि लगातार ४ दिन परेको वर्षाका कारण आँधीखोला तथा सहायक खोलाहरुमा बाढी आउँदा जिल्लामा धान रोपेको खेतमा क्षति पु¥याउनुका साथै सिंचाईको कुलोहरु समेत बगाएको कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताउनुभयो । जिल्लाको बिरुवा गाउँपालिका, पुतलीबजार, भीरकोट र वालिङका फाँटहरुमा बाढी पस्दा भर्खरै रापेको धानलाई क्षति पु¥याएको हो भने जिल्ला भरी २० प्रतिशत कुलोको संरचना समेत बगाएको छ ।
चिन्नेबासमा ५० रोपनी धानमा क्षति गरेको छ भने नदीसंगै जोडिएका कुलोको मुहान समेत नष्ट गरेको छ । साउन अन्तिमसम्म पनि धान रोप्न सकिने भएकाले अब बिउ उमारेर समेत धान रोप्न सकिने केन्द्रका प्रमुख हमालले बताउनुभयो । 
आवाज
जिल्लामा ३५ प्रतिशत क्षेत्रफलमा बाहै्रमासे सिंचाई हुने खेतहरु छन् भने बाँकी आकाशे पानीको भरमै धान रोपाई हुने गरेको छ । सोमबार सम्म जिल्लामा ४२ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सकिएको छ । गतवर्षको तुलनामा ढिलो रोपाइँ शुरु भएपनि रोपाइको प्रतिशत भन्ने उस्तै रहेको प्रमुख हमालले बताउनुभयो ।
११ पालिका रहेको जिल्लामा सबैभन्दा धेरै फेँदिखोला र आँधीखोलामा रोपाइँ भएको छ ति दुई पालिकामा समान ७०÷७० प्रतिशत धान रोपाइँ भएको कृषि ज्ञान केन्द्र स्याङ्जाले जनाएको छ । त्यस्तै हरिनासमा ६० प्रतिशत, अर्जुनचौपारीमा ५५ प्रतिशत, पुतलीबजारमा ५० प्रतिशत, भीरकोटमा ४० प्रतिशत, विरुवामा ३५ प्रतिशत, वालिङमा ३० प्रतिशत, कालीगण्डकी र चापाकोटमा समान २५÷२५ प्रतिशत र सबैभन्दा कम गल्याङमा २० प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको केन्द्रका प्रमुख हमालले बताउनुभयो ।
जिल्लामा १४ हजार हेक्टरमा वर्षे र २ हजार हेक्टर क्षेत्रफलमा हिउँदे गरी १६ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । अघिल्लो वर्षको तुलनामा यो वर्ष २ हजार हेक्टर क्षेत्रफल धान रोपाइँ हुने क्षेत्रफल घटेको हो । यद्यपि धान रोपाइँ हुने क्षेत्रफलमा भने कृषकले मलखाद व्यवस्थापन, उन्नत जातको बिउ छनोट, मलको अभाव नहुनु कारणले उत्पादन भने राम्रो भईरहेको केन्द्रको तथ्यांक छ ।  
यो वर्ष गण्डकी प्रदेशमा प्रर्याप्त वर्षा हुने मौसमविदले प्रक्षेपण गरेका कारण जिल्लामा ९५ प्रतिशत रोपाइँ हुने अनुमान गरिएको छ । गतवर्ष जिल्लामा ९२ प्रतिशत रोपाइँ भएको थियो । विभिन्न हाईब्रिट जातका धानहरु बजारमा भित्रिए पनि स्याङ्जाका कृषकहरुले उन्नत जातको धान नै लगाउने गरेका छन् । हाईब्रिटमा छिटै रोग किराले आक्रमण गर्ने भएकाले कृषकहरु उन्नत जातका धानमा आर्कषित छन् । सावित्रि, सुनौलो सुगन्धलगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएको केन्द्रका प्रमुख हमालले बताउनुभयो ।
स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङ, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन। यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुन्छन् । यसै गरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ पनि धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन ।
 

अभिलेखालय

  • कार्यक्रम विचार मन्थन

  • लालुपाते फुलेर लाल भयो

  • बसन्त नै बस्न खोज्दछ...